नागरिक पोष्ट News


पन्चदेवल विनायक नगरपालिकामा यसकारण टंकको नेतृत्व आवस्यक छ ( योजना सहित )

10.5K

नागरिकपोष्ट संवाददाता, काठमाण्डौँ - अहिले स्थानिय तहको निर्वाचनको सरगर्मीले सबैलाई तताएको छ।  यहि मिति २०७९ बैशाख ३० मा हुने  संघियता पश्चातको दोश्रो कार्यकालको स्थानीय तहको निर्बाचनका लागि उमेद्वारी दर्ता संगै यतिबेला आफ्ना घोषणा पत्र र प्रतिबद्दता पत्र सहित जनताको मन जित्ने काममा उमेद्वारहरु दौड धुपमा छन् । यहि क्रममा सुदुर पश्चिमको बिकट जिल्ला आछमको  पन्चदेवल विनायक नगरपालिकामा आफुलाई ससक्त र बलियो उमेद्वारको रुपमा उभ्याएका छन् गायकको - रुपमा सबैको मन जितेका युबा टंक तिमल्सिनाले ।    

गायनमा राष्ट्रिय छवि बनाउनु भएका टंक  हाल गायन संगै बिभिन्न  सामाजिक कामहरुमा समेत सक्रिय हुनुहुन्छ।  देश बिकासका लागि वडा हुदै  नगर देखि  बिकासको मूल फुट्नु पर्ने मान्यतालाई अब भने यथार्थमा कार्यान्वन हुनुपर्ने मेयरका प्रत्यासी तिमल्सिनाको बुझाई छ। पन्चदेवल विनायक नगरपालिकाको बिकासका लागि आफ्नो छुट्टै योजना रहेको उमेद्वार तिमल्सिनाले नागरिक पोस्टसंग  बताउनु भयो।  

तिमल्सिनाले नगरभित्र २  ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, प्रयोगशाला स्थापना, गर्भवतिलाई निःशुल्क क्यालसियम चक्कि वितरण, जेष्ठनागरीकलाई निःशुल्क स्वास्थ्य सेवा जस्ता नेपालमै पहिलो नमुना उत्कृष्ट कामको शुरुवात गरी स्थानियको मात्र नभई राष्ट्रिय स्तरमै सबैको मन जिती नमुना काम गर्ने वहाको योजना छ  ।

पन्चदेवल विनायक नगरपालिकाले आगामी निर्वाचनमा वैकल्पिक अनुहार खोजेको हुदा यसको प्रतक्ष फाइदा सामाजिक अभियन्ता तिमल्सिनाको लागी फलदायी हुने विश्वास उहाँकोे छ । गायनमा  सफलताले शिखर चुमेका तिमल्सिना  नगर विकासको बैज्ञानिक मिसन भएका बलिया उम्मेदवार हुनुहुन्छ । आफुले यस नगरको नेतृत्व गर्न पाएको खण्डमा नर्सरि देखि स्नातककोत्तर तहसम्म नगर भरिनै निःशुल्क शिक्षा प्रदान गर्ने उहाँको योजना रहेको छ । स्थानीय सरकार नागरवासीको स्वास्थ्य प्रति विशेष जिम्मेवार हुनु पर्ने उहाँको तर्क छ । यही कुरालाई मध्यनजर राख्दै नगरबासीलाई निःशुल्क जीवन विमा र निशुल्क स्वास्थ्य बीमामा १०० % अनुदान उपलब्ध गराउने, सुविधा सम्पन्न विशेषज्ञ सहितको ५० बेडको अस्पताल निर्माण गरी सबै नगरवासिलाई सम्पुर्ण स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने ,जेष्ठ नागरीकलाई हेरचाह केन्द्र मार्फत निशुल्क सेवा दिने उहाँको योजना रहेकको छ । 

बदलिदो परिवेशमा सुचना प्रविधीमा आम नागरिकको पहुच स्थापित गर्न सम्पुर्ण नगरक्षेत्र भरि नै निशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउने उहाँको लक्ष्य छ । सार्वजनिक स्थल, चोक तथा नगरका भित्री टोलहरुमा समेत सिसी क्यामेरा जडान गरी नगरवासिलाई सुरक्षाको प्रत्याभुति दिने उहाँको योजना छ । नगरभरि नै निःशुल्क खानेपानी प्रदान, निशुल्क फोहोर संकलन तथा वैज्ञानिक व्यवस्थापन, आबस्यकता हेरी  निशुल्क सडक बत्ती जडान लगायतका नगरवासिको जनजिवीकासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा उहाँको प्रतिवद्धता रहेको छ । 

निशुल्क प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति  उत्पादन गरी नगरभित्रै रोजगारी सृजना गर्ने, कृर्षी र पर्यटन व्यवसायलाई प्रबर्धन  गर्न अनुदानमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रसेवक कर्मचारी, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका र सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई जीवन विमा र स्वास्थ्य विमाको नियमित प्रीमियम उपलब्ध गराउने उहाँको महत्वकाक्षी योजना रहेको छ । 

पन्चदेवल विनायक नगरपालिकालाई स्मार्ट नगरको रुपमा बिकास गरी पाँच वर्ष भित्रमा सम्पुर्ण नगरभित्रका मुख्य तथा सहायक सडकहरु, चोक तथा भित्री गल्लीहरुमा आवश्यकता अनुसार कालो पत्रे, ढलान तथा व्लक विछ्याउने गिरीको योजना छ । प्रत्येक वडामा निशुल्क एम्बुलेन्स तथा शबबहानको व्यवस्था गर्ने, राज्यले उपलब्ध गराएको समाजिक सुरक्षा भत्तामा नगरपालिकाको तर्फबाट शतप्रतिशत थप गरी घर घरमै पुगेर रकम भुक्तानी गराउने, नगरभित्रका बेरोजगार युवा युवतीहरुलाई मासिक ५ हजार बेरोजगार भत्ता उपलब्ध गराउने जस्ता लोकप्रीय तथा लोक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने उहाँको प्रतिवद्धता रहेको छ । 

नगर भित्र खेलकुदको विकास, महिला शशक्तिकरण, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, धार्मिक, सास्कृतिक तथा ऐतिहासिक सम्पदाको सरक्षण तथा प्रवद्र्धन, खोला, सार्वजनिक जग्गा, मठमन्दिर, पाटीपौवा तथा घाट सरक्षण, स्थानीय वाजा संरक्षण, जनजाति उत्थान तथा प्राकृतिक सम्पदाको् सरक्षण, चाडपर्व, धार्मिक मेलाको प्रवद्र्धन तथा सरक्षण गरी नगरवासिलाई सास्कृतिक एकताको सुत्रमा बाध्ने तिमल्सिनाको योजना छ । 

यी सबै योजनाहरुलाई मुर्तता दिदै पन्चदेवल विनायक नगरपालिकालाई समृद्ध नगर बनाउन आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो अमुल्य मत दिई नगर प्रमुखको रुपमा आफुलाई निर्वाचित गराउन तिमल्सिना पन्चदेवल विनायक  नगरवासिलाई आग्रह गर्नु हुन्छ । राजनितिक खिचातानी , दल विभाजन, पदीय लालच नगरभित्रको राजनितिमा पनी छरप्रस्ट भैईरहेको सन्दर्भमा पन्चदेवल विनायक नगरपालिकाको सबै पाटीको साझा उम्मेदवार आफु भएको उहाँको दावी छ । गायक र सामाजिक अभियन्ताको  रुपमा आफुले गरेका सबै कामहरु नगरवासिले अनुभुति गरिसक्नु भएको भन्दै तिमल्सिनाले थप योजना तथा कार्यक्रमहरुमार्फत नगरवासिलाई सम्पुर्ण सेवा सुविधाहरु उपभोग गर्न आगामी निर्वाचनमा अत्याधिक मत दिएर निर्वाचित गराउन आग्रह गर्नुहुन्छ । 

Must View