देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दिए
602
काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति ११ बजे अध्यावधिक गरिएको विवरणअनुसार देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगका अनुसार नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, गाउँपालिका अध्यक्षमा २ हजार ९ सय ४१ जना र उपाध्यक्षमा २ हजार २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।