नागरिक पोष्ट News


नेकपा एमालेको महानगरपालिका र उपमहानगरपालिकामा मेयर तथा उपमेयरको उम्मेदवारी चयन

1K

काठमाडौँ - स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो ।

बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो । एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै काठमाडौँको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । स्थापित काठमाडौँका पूर्वमेयर हुन् भने डंगोल पूर्वमिस नेवा हुन् ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाइएको छ । बैठकले भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भरतपुर र वीरगञ्जको उमपेयरका उम्मेदवार तोक्न बाँकी छ । त्यस्तै विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार तय हुन बाँकी छ । एमालेले जनकपुरधाम र सिमरा बाहेक ९ वटा उपमहानरका उम्मेदवारहरू तय गरेको हो।

उपमहानगरपालिकामा को–को बने उम्मेदवार ?

धरान

मेयर– मन्जु भण्डारी उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा उपमेयर– संगीता चौधरी

कलैया

मेयर( बिनोद साह

धनगढी 

मेयर – रणवहादुर चन्द उपमेयर( चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र, उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका, उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर( हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल उपमेयर–सुमित्रा काफ्ले

Must View