नागरिक पोष्ट News


जुंगेखोलामा बस र कार ठोक्किँदा एक नेपाली र चार भारतीय नागरिकको मृत्यु

875

धादिङ - पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे– ७ जुंगेखोलामा बस र कार ठोक्किँदा एक नेपाली र चार भारतीय नागरिकको ज्यान गएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीको भनाई छ । 

मृत्यु हुने सबै कारमा सवार हुन् । उक्त गाडिको चालक नेपाली थिए भने यात्रुहरु भारतीय थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारत उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका क्रममा विभिन्न अस्पतालमा निधन भएको हो । नेपाल घुम्न आएका भारतीय नागरिकहरु पोखराबाट काठमाडौंतर्फ आउँदै थिए । सोमबार दिल्ली प्रस्थान गर्ने तयारीमा रहेका उनीहरुको अकल्पनीय दुर्घटनामा परेका छन् । बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका २४ वर्षीय राम परियारको उपचार भइरहेको छ । 

Must View