नागरिक पोष्ट News


गायनमा हिट टंक मेयरमा कति फिट ? पन्चदेवलमा नगरप्रमुखमा उम्मेदवारी

18.2K

अछाम - पन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमल्सिनाले उम्मेदवारी दिएका छन् । पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज उनले मनोनयन दर्ताकालागी निवेदन दिएका हुन ।

नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

आफूले जितेमा नगरलाई देशकै नमुना नगरपालिका बनाउने उनको भनाई छ । केहि दिनमा प्रतिबद्दता पत्र सार्बजनिक गर्दै अब चुनाबी तयारीमा आफु जुटेको नगरप्रमुखका दाबेदार तिमल्सिनाले नागरिक पोस्टलाई जानकारी दिनुभयो। 

Must View