नागरिक पोष्ट News


अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर द्वारा रक्तदान तथा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

3.2K

काठमाण्डौँ - अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर ( अल्फा केयर ) द्वारा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बैशाख १० गते शनिबारका दिन रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ।

अल्फा केयरका मेडिकल निर्देशक डा. अजय पराजुलीका अनुसार, उक्त शिविरमा ४९ जनाले रक्तदान गरेका छन् भने २८५ स्वास्थ्य जाँच गराएका थिए । यस शिविरमा डा. अजय पराजुली (जनरल र ल्याप्रोस्कोपी सर्जन), डा.सुभास चन्द्र यादव ( बरिष्ठ जनरल फिजिसियन तथा छाती रोग बिषेशज्ञ), डा. सन्देश पन्थी ( बरिष्ठ डायबिटिज थाईराईड र हर्मोन बिषेशज्ञ), डा. अशोक अधिकारी/डा. आनन्द जि सि (बरिष्ठ मुटु रोग बिशेषज्ञ), डा. उना पन्त ( प्रसुति तथा स्त्री रोग बिषेशज्ञ ), डा. चन्दन जयसवाल/ डा.सुशिल शर्मा (हाड जोर्नी तथा नशा रोग बिषेशज्ञ), डा. नारायण भुषाल ( बरिष्ठ युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन) , डा. उत्सव मान श्रेष्ठ ( बरिष्ठ स्तन क्यान्सर बिषेशज्ञ ), डा. सौरभ लामिछाने (चर्म तथा यौनरोग विशेषज्ञ) डाक्टरहरुले बिरामीहरूको निशुल्क स्वास्थ्य जाँच गर्नुभएको थियो ।

मेडिकल निर्देशक डा. पराजुलीका अनुसार उक्त दिन नि: शुल्क सुगर र पिसाब जाँच, आवश्यकता अनुसार निशुल्क औषधी बितरण गरिनुका साथै उपलब्ध सबै सेवाहरुमा ( ल्याव, रेडियोलोजी, फार्मेसी आदि) पनि बिशेष छुटको ब्यवस्था गरिएको थियो। काठमाण्डौंको नयाँ बानेश्वरमा अवस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर, नेपाल जनस्वास्थ्य प्रयोगशाला ( NPHL ) द्वारा मान्यता प्राप्त " ए " ग्रेड प्रयोगशाला र पोलिक्लिनिक हो ।

यस क्लिनिकले अब निरन्तर रुपमा विशेषज्ञ डाक्टर क्लिनिक संचालन गर्ने डा. पराजुलीले जानकारी दिनुभयो। यस प्रयोगशालामा सामान्य देखि विशेष जाँचहरु सहुलियत दरमा उपलब्ध भएको र अब धेरै जसो विशेष जाँचहरु भारत लगायत अन्य मुलुक पठाउन नपर्ने यस " ए " ग्रेड प्रयोगशाला का ल्याव निर्देशक डा. हिमांशु रेग्मीले बताउनुभयो ।

Must View