नागरिक पोष्ट News


डा.शैलेशकुमार मिश्रको "चम्कय जेना चाँदनी" सार्वजनिक

1.2K

 

काठमाण्डौँ - नेपाली गीत संगीत मन पराउने स्रोता तथा दर्शकहरूलाई नयाँ कोशेली स्वरूप मैथिली तथा नेपाली भाषा संमिश्रित गीति भिडियो सार्वजनिक भएको छ । प्रशासक तथा गायक डा.शैलेशकुमार मिश्र तथा लोकप्रीय गायिका ज्योती विश्वकर्माको आवाजमा "चम्कय जेना चाँदनी" बोलको गीति भिडियो Buddhasubba Digital YouTube Channel मार्फत ९ बैशाख २०७९ मा सार्वजनिक गर्दै गायक मिश्रले आफ्नो गायनमा यो तेस्रो भिडियो भएको र यल्बमको तयारीको अन्तिम चरणमा रहेको पनि बताउनु भयो ।

यो भन्दा पहिला "मुटु मात्र साथमा छ" र "रूपरैछ ज्योति झैं" को भिडियो सार्वजनिक गरेर आफ्नो गायिकीको पहिचान दिन सफल गायक मिश्रको अरू दुईवटा गीतहरूको भिडियो बन्ने क्रममा रहेको र चाँडै यल्बम सहित बजारमा आउने बताउनु भयो ।

"चम्कय जेना चाँदनी" नयाँ स्वाद र नयाँ अवधारनामा सार्वजनिक भएको गीतमा पुरूष आवाज मैथिली भाषामा छ भने नारी आवाज नेपाली भाषामा सुन्न पाइन्छ । सरोज मंडलको शब्द, शैलेन्द्र विश्वकर्माको संगीत रहेको भिडियोमा अभिशेष रोशन तथा नम्रता अर्यालको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन अमितेश साहले गर्नुभएको हो ।

Must View