नागरिक पोष्ट News


अल्फा हेल्थ केयरले नयाँ वर्षको अवसरमा शनिबार वृहत निशुल्क स्वास्थ्य शिविर

1.4K

काठमाडौं - अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर ) द्वारा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा यही वैशाख १० गते शनिबारका दिन रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गर्ने भएको छ। 

अल्फा केयरका मेडिकल निर्देशक डा। अजय पराजुलीका अनुसार, उक्त दिन रक्तदान कार्यक्रमका साथ साथै विशेषज्ञ डाक्टरहरुद्वारा निस् शुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा प्रदान गरिने छ । 

स्वास्थ्य शिविरमा जनरल सर्जरी, जनरल फिजिसियन, डायबिटिज थाईराईड र हर्मोन, मुटु रोग, छाती रोग, प्रसुति तथा स्त्री रोग, हाड जोर्नी तथा नशा रोग, युरोलोजी, स्तन क्यान्सर, चर्म तथा यौनरोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुले सेवा गर्ने भएका छन्।  

मेडिकल निर्देशक डा। पराजुलीका अनुसार उक्त दिन निस् शुल्क सुगर र पिसाब जाँच को व्यवस्था हुनुका साथै उपलब्ध सबै सेवाहरुमा ( ल्याव, रेडियोलोजी आदि) पनि बिशेष छुटको ब्यवस्था गरिएको छ । 

काठमाण्डौंको नयाँ बानेश्वरमा अवस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर, नेपाल जनस्वास्थ्य प्रयोगशाला  ( NPHL )द्वारा  मान्यता प्राप्त " ए " ग्रेड प्रयोगशाला हो ।

यस प्रयोगशालामा सामान्य देखि विशेष जाँचहरु सहुलियत दरमा उपलब्ध भएको र अब धेरै जसो विशेष जाँचहरु भारत लगायत अन्य मुलुक पठाउन नपर्ने डा। पराजुलीले बताउनुभयो   

Must View