नागरिक पोष्ट News


काठमाडौं महानगरपालिकामा तीनजना कलाकारको मेयरमा उम्मेदवारी दावी

1K

काठमाडौं - यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले मेयरमा उम्मेदवारी दावी पेश गर्ने भएका छन ।

आइतबारदेखि सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह र पुर्व मिस नेवा तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन् ।

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

मोडेल तथा मिस नेवा डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफनो दावेदारी प्रस्तुत गर्दै आएकी छन् ।

वरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन् ।

Must View