नागरिक पोष्ट News


तारकेश्वरमा माओवादी केन्द्रले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने

1K

काठमाडौं । बैशाख ९ गते बिहान नेकपा माओवादी केन्द्र तारकेश्वर नगर चुनाव परिचालन कमिटिको बैठकले यस नगरमा मित्रवत ढंगबाट एकलै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा सहभागी नगरका सचीव प्रकाश फुयाँलले बताएअनुसार गठबन्धनले सम्मानजनक व्यवहार नगरेको कारण कठोर निर्णय गर्न पुगेको बताए । बैठकमा अध्यक्ष रामकुमार थापाले नगरको मेयर पदमा गठबन्धनबाट माओवादीले दाबी गर्न पाउनुपर्ने तर त्यसप्रकारको छलफल गठबन्धनका दलहरुबीच हुन नसकेकोले उक्त निर्णय गर्ने सहमती भएको बताए ।

केन्द्रको निर्देशन बमोजिम मित्रवत ढंगबाट प्रतिस्पर्धा गर्नेमा नगर स्वतन्त्र रहेको र एक्लै प्रतिस्पर्धा गर्दा पनि वडा नं। २ र ९ सहजै जितिने र नेकपा समाजवादीसँग मिले ४, ७ र ८ सहजै जितिने रिपोर्ट आफूसँग भएको नगरका प्रचारप्रसार बिभाग प्रमुख रामसुदन फुयाँलले हामीसँग बताएका छन् । नगरको ११ वडा मध्ये सवैभन्दा बढी मत २ नम्बरमा भएको कारण कुनै हालतमा २ नम्बर छाड्न नसकिने फुयाँलले बताए ।

Must View