नागरिक पोष्ट News


सिर्जना सिंह काठमाडौं महानगरपालिकाको मेयरमा सिफारिस

1.7K

काठमाडौं – नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने औपचारिक निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो । बैठककाबीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत भएका बताईन् ।

भोलि विहान ११ बजेसम्म औपचारिक निर्णय हुने र ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यतः तीन जनाको नाममा छलफल भइरहेको उनले बताइन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट सिंहलाई काठमाडौं महानगरपालिकाको साझा उम्मेदवारी बनाउने निश्चित भएको नेपाली कांग्रेसका अर्का एक नेताले बताए । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरेको थियो ।

Must View