नागरिक पोष्ट News


चाँगुनारायणको उपमेयरमा संगीता फुयाल आचार्यको चर्चा

1.1K

काठमाण्डौँ - नेपाली कांग्रेसको तर्फबाट चाँगुनारायण नगरपालिकाको उपमेयरमा दाबी गर्नेको लर्को लागेको छ। उपमेयरमा दाबि गर्नेमा ७ जना महिला र १ जना पुरुष छन् । उपमेयर पदमा दाबी गर्नेहरू मध्य संगीता फुयाल अाचार्यको चर्चा बढी छ। हुन त अन्य दाबेदारहरू राजेश खड्का,सुभद्रा काफ्ले, रुपा थापा ,रेबति कार्की लगायतको पनि चर्चा नभएको भने होईन। किन आचार्यको चर्चा बढी भयो भन्दा यश अघिको स्थानीय निर्बाचनमा अन्तिम अबस्थामा आएर टिकटको दाबी छाडेकी थिईन्। ५ बर्ष पछि आफ्नो पालो आईहाल्छ नि भनेर अन्तिम अबस्थामा पछि हटेकि आचार्यलाई आशन्न निर्बाचनमा टिकट पाउन त्यति सहज छैन।

उनको काम गराई र अघिल्लो चोटि छाडेको कारण सर्ब सम्मत टिकट पाउनु पर्ने हो।तर राजनीतिमा रात रह्यो त अघ्राख पलायो भन्ने उखान चरितार्थ हुने गर्छ।सबै दाबेदारहरू आ आफ्नो तर्फबाट लागिनै रहेका छन्। आचार्यले राजनीति विद्यार्थी जीवनबाटै सुरु गरेकी हुन् । उनको राजनीति केन्द्र भन्नू पर्दा पद्म कन्या क्याम्पस हो। जुन एउटा ईतिहास बोकेको क्याम्पस नेपाली राजनीतिमा महिलाहरूलाई सशक्तरुपमा अघि बढाउने श्रेय पाएको छ । जहाँ नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको पकड रहेको छ। त्यही नेपाल विद्यार्थी संघको पद्म कन्या क्याम्पस ईकाई समितिको सदस्य भएर विद्यार्थी राजनीति सुरु गरेकी हुन् ।

उनले स्वबियु निर्बाचनमा भने आफूले दाबि नगरी आफ्ना उमेदबारहरूलाई जिताउन लागि परिन्। पद्म कन्या क्याम्पसको राजनीति गरेकै अबस्थामा २०६२/०६३ को जन आन्दोलन् भएको थियो। जुन आन्दोलन सफल बनाउन पद्म कन्या क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरूको महत्वपूर्ण योगदान रहेको छ। आचार्य पनि २०६२/६३को जन आन्दोलनमा होमिएकि थिईन् ।

उनी जनआन्दोलनकी घाईते समेत हुन्। नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाण्डौको सदस्य समेत रहेकी आचार्य बिबाह गरेर भक्तपुर आएपछि पनि राजनीतिलाई अघि बढाई रहिन् । आचार्यले नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघ जिल्ला कार्यसमितिको सहसचिब भएर काम गरिन्।

उनले नेपाल महिला संघको केन्द्रीय सदस्यको उमेदबार भएर झिनो अन्तरले पराजय भोगेकी थिईन्। अहिले उनले संगठनको राजनीतिमा राम्रै ठाउँ पाएकी छन् । भर्खरै सम्मपन्न नेपाली कांग्रेसको चौधौं महाधिबेशनमा केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्बाचित भएकी थिईन् । राजनीतिलाई पेशा होईन समाज सेवा हो भन्ने आचार्य महिला सशक्तिकरण र आयआर्जनमूलक तालिममा महिलाहरूलाई सहभागी गराउदै आएकी छन् । नेपाल रेडक्रस सोसाईटी तथा अन्य सामाजिक संघसंस्थाका माध्ययमबाट समाजसेवामा क्रियाशिल रहेकि आचार्यलाई चाँगुनारायण नगरपालिकाका धेरै जनताहरूले चिन्ने गर्छन्। आफू कानुनको विद्यार्थी नभएपनि उपमेयरले हेर्नू पर्ने न्यायिक समितिको काम काज बारे जानकार छिन् ।

उनले टिकट पाएर जितेमा राजनीतिक आस्थाका कारण भेदभाब नगर्ने,सबैलाई न्यायको पहुँच पुरयाउने, जनतालाई हार र जितमा नपुरयाई प्रथम पक्ष र द्वितीय पक्षबीच वीनवीनको सिद्धान्त लागू गर्ने । महिला हक हितमा काम गर्ने। नारी पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् भनेर जनचेतना फैलाउन लागि पर्ने बताउछिन्। जनता सामू आफू भिजेको कारण पनि पार्टीले मूल्याङ्कन गर्नेमा आफू बिस्वस्थ रहेको बताउँछिन्।

Must View