नागरिक पोष्ट News


प्रत्यासी धेरै हुदा उम्मेद्बार टुंगो लागेन - खिल्ध्वज

1.4K

काठमाण्डौँ - स्थानीय तह निर्वाचनको मिति नजिकिए पनि कयौ स्थानिय तहमा उमेद्वारी अझै सम्म टुंगो लागेका छैनन्।  प्रतिपक्षी दल एमाले र राप्रपा नेपालबीच गठबन्धन भए पनि अधिकाम्स जिल्लामा भने यो गठबन्धनले  उम्मेदवारी तोकिसकेका छन् तर त्यहि गठबन्ध कमिलालाइ कुन्नि के को पोइरो भने जस्तो देशै भर काङ्ग्रेसलाइ भएको बुझिन्छ। उम्मेदवारी दर्ता गर्न अब एक साता पनि छैन तर  पनि गुल्मी जिल्लामा चुनावी चहलपहल सुरु भएको छैन । 

सत्तारूढ दल गठबन्धनका कारण उम्मेदवार टुंगो नलाग्दा वैशाख ३० मा हुने निर्वाचनको माहोल गुल्मीमा अझै सुरु नभएको र मतदातामा अन्योल सृजना भएको देखिएको छ।  गुल्मी जिल्लामा नेकपा एमालेले अधिकांश  उम्मेदवार तय गरे पनि नेपालि काङ्ग्रेस अझै सम्म रनभुल्लमा परेको छ।  नेपाली काँग्रेस गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले हामीलाई जानकारी गराए अनुसार उमेद्वार मनोनयन गर्न मुख्य बाधक गठबन्ध रहेको बताउनु भयको छ।

 

त्यसो त खिलध्वज स्वयं  रेसुङ्गा नगरपालिकाको मेयर पदमा  प्रत्यासी रहेका छन । पार्टि जिल्ला सभापतिको हैसियतले तपाईंलाई आफ्नो पार्टिको स्थानीय उम्मेद्बार चयन गर्न  ढिलाइ भयको लाग्छ लाग्दैन भन्ने हाम्रो प्रश्नमा निश्चित रुपमा उम्मेद्बारी चयन गर्न ढिलाइ भएको बुझेको छु । त्यसैले पार्टिको बिधान अनुसार संसदिय बोर्ड गठन गरि सकेको पनि छु अब चाडै उम्मेद्बारी टुङ्गो लाग्ने छन भन्दै अगाडी थप्छन हामी गठबन्धनको कारण पनि उम्मेद्बारी चयन गर्न ढिलाइ भएको हो यसको फाइदा प्रत्यक्ष अन्य पार्टिलाइ हुने र हाम्रो उमेदवार लाई निश्चितरूपमा केही घाटा हुने देखिन्छ तथापि जित नेपाली काङ्ग्रेस कै हुने छ ।

त्यस्तै गरि नेपाली काङ्ग्रेस प्रदेश सभापति झबिन्द्र अर्याल, क्षेत्रीय सभापति चन्द्र बहादुर महत लगायतले समेत स्थानिय तहमा पार्टी भित्र उम्मेद्बारको प्रत्यासी धेरै जना भएकोले पनि आफुहरु ले उम्मेद्बार चयन गर्न ढिलाइ गरेको जानकारी गराउनु भएको छ । क्षेत्रीय सभापति चन्द्र महतका अनुसार जिल्ला भरी माहोल काङ्ग्रेसको छ तर कतिपय स्थानिय वडाहरुमा प्रत्यासी उम्मेद्बारहरु धेरै भएकोले काङ्ग्रेस आफैमा आन्तरिक बिभाजन होलाकि भन्ने समस्या देखिएको छ । तर महत निर्धक्कका साथ भन्छन हामी जनताको भावना बुझेर जनता र पार्टी कार्यकर्ता दुबैको कदर हुने हुने गरि अत्याधिक जनमत साथ भएका उम्मेद्बार लाई नै चयन गर्ने छौ ।

 

Must View