नागरिक पोष्ट News


बेलकोटगढी नगरपालिकामा उप-मेयरमा काङ्ग्रेसको तर्फबाट राजकुमार न्यौपाने (राजु) को चर्चा

3.4K

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिश गरेको छ । स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने भन्दै आयोगले भनेको छ, ‘त्यसअगावै स्थानीय तहको निर्वाचन गर्नु सरकार र निर्वाचन आयोगको संवैधानिक दायित्व हो ।’

स्थानीय तहको निर्वाचनको चर्चा चलिरहदा बेलकोटगढी नगरपालिकामा पनि मेयर,उप मेयरका लागि बिभिन्न दलका नेताहरुको दौडधुप सुरु भएको छ ।

यसै बिच कांग्रेस बृतमा युवा नेता राजकुमार न्यौपाने ९राजु० को चर्चा यति बेला उप मेयरमा चलि रहेको छ । सामाजिक कार्य मा निरन्तरता लागी पर्ने न्यौपाने जनता सङ प्रत्यक्ष सम्पर्क र दुख शुख को साथिनै बनेका छन् । पछिल्लो समय कोभिड १९ को आक्रन्तमा पनि उनले समाजमा धेरै सहयोग पुराएका छन् । कांग्रेस लगायत अन्य गुटमा पनि लोकप्रिय रहेका न्यौपाने युवा जमातमा पनि उत्तीकै प्रख्यात छन ।

विद्यार्थी राजनितीबाट राजनीतिमा होमिएका न्यौपानेले आसन्न निर्वाचनमा बेलकोटगढी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उप-मेयर पदमा आफ्नो दावी रहेको बताए ।

२०५९ सालदेखि महेन्द्र रत्नराज्य क्याम्पसबाट नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनितीमा होमिएका न्यौपानेले कांग्रेसको १२/ १३ औँ अधिवेशनमा क्षेत्रिय प्रतिनिध र १४ औँ अधिवेशनमा क्षेत्रिय सदस्यको प्रत्यासि रहेका थिए । आफुले पार्टीको विभिन्न तहमा रहेर काम गर्दै आएको र आफ्नो पद भन्दा पनि माथि उठेर संगठनमा योगदान दिएको न्यौपानेले बताए ।

हालसम्म न्यौपाने २०६८ सालमा जिल्ला खेलकुद संघको सदस्य, २०७२ मा तरूण दलको जील्ला सदस्य, २०७५ सालमा संगठन विभाग जिल्ला सदस्य तथा २०७६ सालमा विपि विचार राष्ट्रिय समाज बेलकोटगढी नगरपालिकाको उप सभापति पदमा रहेर आफ्नो योग्यता र क्षमताले भ्याएसम्म पार्टीको संगठनलाई स-शक्त बनाउन आफ्नो महत्त्वपूर्ण भुमिका रहेको उनले बताए ।

नुवाकोटको बेलकोटगढिमा न्यौपानेको उमेदवारी किन ?

– समृद्ध बेल्कोटगढि निर्माण र शिक्षा स्वास्थ्य जनताको पहुँच सहज रूपमा उपलब्ध गराउन ।

– यातायात तथा कृषिको क्षेत्रमा महत्त्वपूर्ण योगदान सहितको क्रान्ति ल्याउन ।

– स्थानीय जनताको हक हितमा महत्त्वपूर्ण अधिकार सुनिश्चित गर्न ।

– स्थानीय स्रोत साधनको पहिचान गरि दीर्घकालीन सोच सहितको उचित कार्य योजना बनाई कार्यान्वयन गर्न आफुले उमेदवारी दिएको न्यौपानेले बताए ।

Must View