वरिष्ठ साहित्यकार भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका एक सय ५१ पुस्तकहरु एकैसाथ वैशाख १० गते विमोचन हुदै
काठमाण्डौँ - वरिष्ठ साहित्यकार भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका एक सय ५१ पुस्तकहरु एकैसाथ वैशाख १० गते विमोचन हुने भएको छ ।
भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा १० गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुन लागेको शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित पुस्तकहरु प्रकाशित गरिसकेकी घलेले एउटै मञ्चबाट ४९ पुस्तकहरुको एकसाथ विमोचन गरिसकेकी छिन् ।
वैशाख १० गते बिमोचन हुन लागेका १५१ पुस्तकहरुमा निबन्ध, कविता, भजन संग्रह लागयत रहेको घलेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
नौ दशक उमेर पार गरिसकेकी घलेका १५१ वटा पुस्तक एकैसाथ बिमोचन हुने बिषयलाई गिजिन वुक अफ वल्र्ड रेकर्डमा लैजाने योजना बनाइएको भद्रकुमारी घले सेवा सदनले जनाएको छ । पुस्तक विमोचनका दिन विभिन्न क्षेत्रमा योगदान गरेका १५१ जना महिलालाई नै सम्मान समेत गर्न लागिएको छ ।