नागरिक पोष्ट News


शिव प्रसाद लम्साल प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभूषित

2.3K

काठमाडौं । तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभूषित हुनुभएको छ ।  राष्ट्रपति भवनमा भएको एक कार्यक्रममा लम्साल सम्मानित हुनुभएको छ । नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि गरेका योगदानको कदर स्वरूप लम्सालले विभूषण अधिकारपत्र प्राप्त गर्नुभएको छ ।

शिव प्रसाद लम्साल स्थानीय तहमा आउनुभन्दा अगाडी जिल्ला प्रशासन कार्यालय रुकुमको सहायक सिडिओ भएर काम गरिसकेका सफल कर्मचारी हुन् । उहाँले स्थानीय तहमा धेरै ठाउँमा प्रमुख प्रशासकिय अधिकृत भएर सफलतापूर्वक काम गरिसकेका छन् । तारकेश्वर नगरपालिकामा आउनुभन्दा अगाडी नुवाकोटको बेलकोटगढीमा प्रमुख प्रशासकिय अधिकृत भएर काम गर्नुभएको थियो । नेपाल सरकारको उपसचिव तहको लम्साल तारकेश्वरमा आइसकेपछि यहाँको विकास निर्माणले धेरै नै फड्को मारेको नगरपालिकाको राजश्व शाखाका कर्मचारी इश्वर अम्गाईले बताएका छन् ।

काम गर्नुपर्दा विगतका प्रमुख प्रशासकिय अधिकृत भन्दा छिटो छरितो र सहज ढंगले प्रशासन चलाउन सक्ने छमतावान हुनुहुन्छ । तल्लातहदेखि माथिल्लो तहका कर्मचारीकोहरुको मनोभावना बुझी जनताका सेवाको दैनिक कामकाजमा खटिने कर्मचारी हुनुहुन्छ ।

स्थानीय तहमा लामो अनुभव भएका लम्साल यस अगाडीका कार्यक्षेत्रहरुमा पनि प्रशंसनिय कार्यहरु गर्दैै कर्मचारीतन्त्रमा राम्रो छबि बनाउँदै आउनुभएको छ ।

लम्साल छिटो डिसिजन लिन सक्ने कर्मचारी हुनुहुन्छ । समस्या आउँदा कसरी हल गर्ने भनेर पहिला नै सोचेर मात्र कामलाई अगाडी बढाउनुहुन्छ । लम्सालले तारकेश्वरमा कुनैपनि सेवाग्राहीले १ घण्टाभन्दा बढि समय बस्न नपर्ने तरिकाले काम गर्न सबै शाखाहरुलाई जिम्मेवार बनाएका छन् ।

Must View