नागरिक पोष्ट News


तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?

1.4K

तारकेश्वर काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिश गरेको छ ।

आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय निर्वाचनको मिति सिफारिश गरेको हो । स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने भन्दै आयोगले भनेको छ, ‘त्यसअगावै स्थानीय तहको निर्वाचन गर्नु सरकार र निर्वाचन आयोगको संवैधानिक दायित्व हो ।’

स्थानीय तहको निर्वाचनको चर्चा चलिरहदा तारकेश्वर नगरपालिकामा पनि मेयर , उप मेयरका लागि बिभिन्न दलका नेताहरुको दौडधुप सुरु भएको छ ।

यसै बिच कांग्रेस बृतमा युवा नेता कृष्णहरि मर्हजनको चर्चा रहेको छ । पूर्व रक्षामन्त्रि तथा सांसद भिमसेनदास प्रधानको बिश्वासको पात्र समेत रहेका मर्हजन कांग्रेस तारकेश्वरको नगर सभापतिका रुपमा कार्यरत छन ।कांग्रेसमा अन्य गुटमा पनि लोकप्रिय रहेका मर्हजन युवा जमातमा पनि उत्तीकै प्रख्यात छन ।

केही महिना अघिमात्र सम्पन्न भएको कांग्रेसको वडा , नगर , क्षेत्रीय तथा प्रदेश अधिवेशन हेर्दा काठमाडौ क्षेत्र नं ६ मा कृष्ण प्रसाद सिटौला अर्थात भिमसेनदास प्रधानको टिम बलियो छ जसका कारण अवको चुनावमा कांग्रेसको तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता कृष्णहरि मर्हजननै हुने कांग्रेसजनहरुको भनाई छ ।

तारकेश्वरमा जनसंख्याको हिसावले  मनमैजु अगाडी रहेकाले पनि मर्हजनको सम्भावना बलियो हुँदै गएको तथा राजनैतिक रुपमा मात्र नभई ब्यापार , शैक्षीक तथा आर्थीक र सामाजिक रुपमा पनि मर्हजन अब्वल रहेको कृष्णहरि निकट कांग्रेस जनको भनाई छ ।

यसै गरि  धर्मस्थलीका नारायण प्रसाद तिमिल्सिनाको पनि चर्चा रहेको छ । नार्गाजुन नगरपालिकामा करिव २० बर्ष स्थानिय तहको अनुभव गरेका तिमिल्सिना तारकेश्वरमा भद्र , शालिन , मिलनसार ब्यक्तीत्वका रुपमा परिचित छन भने कांग्रेस भित्रका साझा एवं प्रभावशाली ब्यतित्वका रुपमा परिचित छन ।

तसर्थ बिभिन्न सूचकहरुबाट गहन अध्यन तथा बिश्लेषण गर्दा मर्हजन र तिमिल्सिनानै बलियो उम्मेदवार हुने कांग्रेसजनको भनाई छ ।

Must View