नागरिक पोष्ट News


सामाजिक अभियन्ता एवं सञ्चारकर्मी कुवँर विवेकशील साझा पार्टीमा प्रवेश

2K

काठमाडौँ : सामाजिक अभियन्ता  एवं सञ्चारकर्मी महेशजंग कुवँर विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । कुवँरले सोमबार विवकेशील साझा पार्टीको प्रधान कार्यालय बखुण्डोलमा आयोजित एक समारोहका बीच पार्टी अध्यक्ष रवीन्द्र मिश्रबाट सदस्यता लिएका हुन् ।

दशकौंसम्म सत्तामा रजगज गरेका पार्टीहरुले मुलुक र समाजको रुपान्तरण गर्न नसकेको भन्दै कुँवरले विवेकशील साझा पार्टीको नेतृत्वबाटमात्र परिवर्तन र रुपान्तरण गर्न सकिने धारणा राखेका छन् । कुँवर लामो समयदेखि पत्रकारिता र सामाजिक अभियानमा सक्रिय छन् ।

Must View