नागरिक पोष्ट News


जुम मार्फत गरियो कविता प्रतियोगीता

0.9K

- शर्मिला विश्वकर्मा

 काठमाडौं, Access Planet संस्थाले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा आज जुम मार्फत अपाङ्गता भएका महिलाहरुको समावेशीकरण सम्बन्धी कविता प्रतियोगिता गरेको छ । जुम मार्फत आयोजना गरिएको सो कविता प्रतियोगितामा देशका विभिन्न स्थानमा रहेका १६ देखी ३५ वर्ष उमेरका साङ्ग तथा अपाङ्गता भएका युवाहरुले अपाङ्गता भएका महिलाहरुका हक हित र अधिकारका सवाललाई समावेश गरि कविता बाचन गरेका थिए ।

उक्त कविता प्रतियोगितामा साहित्यकार तथा लेखकहरु ललिता दोषी, योगेन्द्र अधिकारी र प्रभा भट्टराई निर्णायक मण्डलमा हुनु हुन्थ्यो भने लेखक तथा साहित्यकार प्रभा भट्टराइले सबै प्रतियोगिहरुका कविताहरु उत्कृष्ट रहेको भन्दै सबैलाई सफलताको शुभकामना व्यक्त गर्नु भयो । उक्त २४ जना सहभागीहरुबाट उत्कृष्ट ४ जना विजयी प्रतियोगीहरुलाई आगामी बैशाख ३ गते लुम्बिनीमा आयोजना हुने WOW फेस्टिबल तथा कविता प्रतियोगीतामा सहभागी गराउने अवसर प्रदान गरिनुका साथै उत्कृष्ट ४ जना बाहेक १९ जना प्रतियोगीहरुलाई ब्रिटिश काउन्सिल मार्फत मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ ।

जुम मार्फत आयोजना गरिएको कविता प्रतियोगितामा २४ जना सहभागीहरु मध्ये सरिता अर्याल प्रथम, रिना शाह द्धितिय, आश्मा अर्याल तृतिय र सुनिता ज्ञवालीले चौथो स्थान प्राप्त गरेर विजयी हुनु भएको छ । आयोजना गरिएको कविता प्रतियोगीतामा २४ जना अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको थियो । साथै सो प्रतियोगीतामा ३ जना नै निर्णायकहरुले पनि अपाङ्गता भएका महिलाहरुका सवालहरुलाई समावेश गर्दै कविता वाचन गर्नु भएको थियो ।

Must View