नागरिक पोष्ट News


अपाङ्गता भएका महिलाहरुको नेतृत्व विकास र कानूनी साक्षरता कार्यक्रम सम्पन्न

1.3K

-शर्मिला विश्वकर्मा

बारा पहिचान नेपालको आयोजना तथा अपाङ्गता अधकार फाउण्डको सहकार्यमा बार जिल्लाको सिमरा उपमहानगरपालिकामा ४ दिने गोष्ठी सम्पन्न गरिएको छ । " राष्ट्रिय एकता र समावेशीताको आधार, सुनिशुचत गरौं अपाङ्गता भएका एकल र पिछडिएका महिलाको अधिकार " भन्ने नारालाई मध्ये नजगर गर्दै आयोजना गरिएको अपाङ्गता भएका महिलाहरुको नेतृत्व विकास तथा कानूनी साक्षरता सम्बन्धी गोष्ठीमा पहिचान नेपालकी अध्यक्ष इच्छा के.सी.ले अपाङ्गता भएका महिलाहरुको नेतृत्व विकास, सीपमूलक तालिम प्रदान गर्दै आएको बताउदै आगामी दिनमा पनि अपाङ्गता भएका महिलाहरुको शिक्षा, स्वास्थ्य, रोजगार र न्यायमा पहुँच तथा राज्यले उपलब्ध गराएका सेवा सुविधाको पहुँचका लागि संस्थागत पहल गर्ने बताउनु भयो ।

पहिचान नेपालले यही चैत २१ गते देखि २४ गते सम्म बारा जिल्लाको सिमरा उपमहानगरपालिकामा सञ्चालन भएको गोष्ठीमा बारा जिल्ला सिमरा उपमहानगरपालिकाका स्थानीय अधिवक्ता दामोदर पौडेलले स्थानीय निकायहरुबाट नै अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र र रोजगारीको व्यस्था गरिएको बताउनु भयो भने पहिचान नेपालका अधवक्ता अपेक्षा निरौलाले नेपालको संविधान २०७२ मा अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिएका व्यवस्थाहरुको विषयमा जानकारी गराउनु भयो ।

पहिचान नेपालले बारा जिल्लामा आयोजना गरेको ४ दिने कार्यक्रममा पहिचान नेपालका अधिवक्ता अपेक्षा निरौलाले अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारका साथै नीति, नियम र मूलुकी ऐन कानूनमा गरिएको व्यवस्थाहरुको विषयमा जानकारी गराउनु भएको थियो । साथै नेपालको संविधान २०७२ मा व्यवस्था गरिएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका विषयमा पनि प्रष्ट पार्नु भयो । विभिन्न प्रकारका अपाङ्गता भएका २० जना महिलाहरुको सहभागीता रहेको उक्त तालिममा बारा जिल्ला सिमरा उपमहानगरपालिकाका महिला विकास कार्यलयका कार्यलय प्रमुख नितु शाहले राज्यले उपलब्ध गराउने सेवामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुर्याउनु पर्ने बताउदै उनीहरुको न्याय, शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो ।

Must View