नागरिक पोष्ट News


अर्थतन्त्रबारे एमालेको आधिकारिक धारणा सार्वजनिक (पूर्णपाठ)

1.1K

काठमाडौं। एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन्। उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए।

एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन्। नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुलक गम्भीर मोडमा जान लागेको बताए।

अहिलेका अर्थमन्त्री अर्थतन्त्र जागाउनेभन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ । ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गर्भनरलाई निशाना बनाए,’ खतिवडाले भने ।

 

Must View