नागरिक पोष्ट News


नागरिक सचेतना समाज नेपालको निःशुल्क आँखा शिविर तथा जनरल स्वास्थ्य शिविर सम्पन्न

1.3K

काठमाडौं । नागरिक सचेतना समाज नेपालको आयोजनामा तारकेश्वर १० को लोकतान्त्रिक चोकमा एक दिने निःशुल्क आँखा परिक्षण तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एभरेस्ट अस्पताल वानेस्वरका वरिष्ठ फिजिसियन डा. सरोज गौडेल र साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा. नेबुला देवकोटाले जनरल स्वास्थ्य परिक्षण गर्नुभएको थियो । त्यस्तै मनमैजु आँखा उपचार केन्द्रका दृष्टि विशेषज्ञ पुजा गौतमले आँखा परिक्षण गर्नुभएको थियो ।

स्वास्थ्य शिविरमा करिव १५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा तारकेश्वर नगरपालिका शहरि स्वास्थ्य केन्द्र वडा नं. १० को विशेष सहयोग र सक्रियता रहेको थियो । शहरि स्वास्थ्य केन्द्र १० का इन्चार्ज रश्मी केसीको टिम नै खटिएको थियो ।

तारकेश्वर वडा नं. १० का स्वयमसेवीकाहरुको पनि सहभागिता रहेको थियो । त्यस्तै नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको पनि सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष अमृत थापाले स्वास्थ्य शिविर कार्यक्रम सफल बनाउन सक्रियतापूर्वक सहयोग गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष प्रदिपचन्द्र गौतमले शिविरको समापन गर्दै कार्यक्रममा उपस्थित डाक्टर, वडाको स्वास्थ्यकर्मी, स्वयमसेविका, उपभोक्ता समितिका पदाधिकारी र कार्यक्रममा उपस्थित कार्यसमिति र सल्लाहकार समितिका सदस्यहरुलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।

Must View