नागरिक पोष्ट News


भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो संक्रमित भेटियो

1.2K

नयाँ दिल्ली : भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो संक्रमित फेला परेको छ । भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सईका बिरामी फेला परेको पुष्टि भएको छ । यो नयाँ भेरियन्टमा सर्न सक्ने क्षमता यसअघिका सबै कोरोनाका प्रजातिहरुमा बढी रहेको वैज्ञानिकहरुले बताएका छन् । यो भेरियन्ट सबैभन्दा पहिला बेलायतमा फेला परेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातिभन्दा भन्दा १० प्रतिशत बढी सर्न सक्ने क्षमता रहेको छ । अहिलेसम्म ओमिक्रोनको बीए–टु प्रजातिलाई कोभिड–१९ को सबैभन्दा संक्रामक मानिएको छ ।

ओमिक्रोन एक्सई भेरियन्ट फेला परेका ती भारतीयको अवस्था भने सामान्य रहेको स्वास्थ्य अधिकारीको भनाइ छ । रिपोर्टअनुसार बिरामी हुनेमा एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेकी थिइन् । तर अहिलेसम्म उनमा कुनै जटील समस्या भने नदेखिएको चिकित्सकले बताएका छन् । 

- रासस–सिन्वहा

Must View