नागरिक पोष्ट News


अब एकल पुरुषलाई पनि  भत्ता दिइने

1.5K

लमजुङ -  लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक रूपमा पाँच सय उपलब्ध गराउने बताए ।

उनले स्थायी रूपमा बसोबास गर्ने पेन्सन भएका एकल पुरुषलाई भने यो सेवा उपलब्ध नहुने बताएका छन् । गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ जना एकल पुरुष रहेका छन् ।

पालिकाको मंगलबार बसेको ९६औं बैठकले फागुन महिनादेखि  लागू हुने गरी सम्मान स्वरूप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

Must View