नागरिक पोष्ट News


तारकेश्वर ९ का वडा अध्यक्षद्वारा “बलराम सिटौला छात्रवृत्ति अक्षयकोष” स्थापना

1.4K

काठमाडौं - तारकेश्वर वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौलाद्वारा सामुदायिक विद्यालयको शिक्षामा सहयोग पुराउन अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् ।

मनमैजु माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य सिटौलाले आफुले स्थानीय निर्वाचनमा प्रतिवद्धता गरेअनुसार सेवासुविधामा आएको रकम सामाजिक कार्यमा खर्च गर्ने योजनाअनुसार नै रकम हस्तान्तरण गरेको बताएका छन् ।

सिटौलाले नगरपालिकाबाट पाएको सुबिधाबाट कक्षा ९ र १० का उत्कृष्ट एवम् जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनार्थ “बलराम सिटौला छात्रवृत्ति अक्षयकोष” स्थापनाको लागि २ लाख नगद विद्यालयका प्रधानाध्यापक रविना महर्जनलाई हस्तान्तरण गरेका छन् ।

Must View