नागरिक पोष्ट News


तारकेश्वरमा काँग्रेसले चार वडामा सर्बसम्मत उम्मेद्वार सिफारिस

1.1K

काठमाडौं - कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि तारकेश्वर नगरपालिका वडा नं २ , ८, १० र ११ को वडा अध्यक्षका उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

सोमबार बसेको कार्यसमितिको बैठकले वडा नं २ बाट राधाकृष्ण खड्गी, वडा नं ८ बाट श्याम कृष्ण सापकोटा, वडा नं। १० बाट कुमार राई तथा वडा नं ११ बाट कविराज बस्नेतको नाम सर्वसहमतिले सिफारिस गरेको हो । वडा अध्यक्षमा अन्य नेताहरुले पनि आकांक्षा राखेपनि अन्तिममा खड्की, सापकोटा, राई र बस्नेतको नाम सिफारिस भएको हो ।

सिफारिस भएका उम्मेद्वारहरुमध्ये बस्नेत र खड्की अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्षमा लडेका थिए । त्यति बेला उनी एमालेका उम्मेद्वार विन्दा बुढाथोकीसँग ७ मतले पराजित भएका थिए भने वडा नं २ का उमेद्धवार खड्गी तत्कालीन एमालेको तर्फवाट उम्मेदवार रहेका रबिन्द्र केसी संग पराजित बनेका थिए । त्यस्तै कुमार राई पनि एमालेका उम्मेदवार अमृत थापासँग पराजित भएका थिए ।

Must View