नागरिक पोष्ट News


  ‘मातातीर्थ आयुर्वेद औषधालय’को भवन मेयर गिरिद्वारा उद्घाटन , अध्यक्ष खड्काको सबैले गरे तारिफ 

2.3K

काठमाडौँ - चन्द्रागिरी नगरपालिकाको आयुर्वेद औषधालय ‘मातातीर्थ आयुर्वेद औषधालय’ मंगलबारबाट आफ्नै भवनमा सरेको छ। नगरपालिकाको वडा नंम्बर ८ मातातिर्थस्थित औषधालयले एकतले भवन निर्माण गरी आजदेखि उक्त भवनबाट सेवा संचालन गरेको हो।

  यसअघि भाडाको घरबाट सेवा प्रदान गरिरहेको औषधालयको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले भवनको उद्घाटन गर्दै यसबाट लाभ लिन जनताहरूलाई आवहान गरे। उनले जडिबुटीको प्रसोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै जाने तथा यस नगरपालिकालाई स्वास्थ्य हवका रुपमा विकास गर्ने बताए।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिसा नकर्मीले बधाई तथा शुभकामना दिएकी थिईन्।

लामो समयको पर्खाई र मेहनतमा यो भवन तयार भएको बताउदै कोरोना महामारीका कारण सोचेको समय भन्दा ढिला निर्माण सम्पन्न भएको वडा नंम्बर ८ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए।

औषधालयका प्रमुख नारायण आचार्यले औषधालयमा पन्चकर्म सहित आयुर्वेद पद्दतिबाट  परीक्षण तथा  औषधी निशुल्क उपलब्ध  गराइने नागरिक पोस्ट लाई बताए।

 सम्बृद्ध वडाको निर्माणमा युवा जोश जाँगर सहित निरन्तर खटिएका अध्यक्ष सन्तोष खड्को कार्यक्रममा सबैले तारिफ गरेका थिए। यसै गरि सबै जनप्रतिनिधि बिकासमा समर्पित हुने हो भने देश बिकासको मुहार बदलिन समय नलाग्ने उहाहरुको तर्क थियो। 

त्यस्तै, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले स्वस्थ जिवनशैलीबारे प्रकाश पार्दै आयुर्वेदको महत्व बारे जानकारी दिए।

कार्यक्रममा आयुर्वेद काउन्सिलका अध्यक्ष डा  सन्तोष ठाकुर, स्वास्थ्य मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा बाबुराजा अमात्य तथा डा सिद्धार्थ ठाकुरको उपस्थिति थियो।

हाल काठमाडौँका पाँच स्थानीय तहमा नगर आयुर्वेद औषधालय छन्। कागेश्वरी मनोहरा नगरपालिकाको भद्रवास, नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरी नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन्।

मुलुक सङ्घीय संरचनामा जानु अघि यी औषधालयहरू बाग्मती अञ्चल आयुर्वेद औषधालय अन्तर्गत थिए ।

 

 

Must View