नागरिक पोष्ट News


सुष्मा कार्कीको अध्यक्षतामा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको नया कार्यसमिति चयन

3.1K

- शर्मिला विश्वकर्मा

 काठमाडौं । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल काठमाडौंको दोस्रो जिल्ला सम्मलेनले आगामी ३ वर्षका लागि सुष्मा काकर्कीको अध्यक्षतामा २१ जनाको नाया कार्यसमिति चयन गरेको छ । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल जिल्ला कमिटि काठमाडौंको दोस्रो जिल्ला सम्मेलन गरी नयँ कार्यसमिति चयन गरिएको हो । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल केन्द्रिय कमिटि सचिवालय सदस्य निर्मला धितालले पाटीकार्यलयहरु अपाङ्गता मैत्री बनाइनु पर्ने, पाटीका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सक्रिय सभागीता गराइनु पर्ने कुरामा जोड दिदै जिल्ला कमिटि काठमाडौंका नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनु भयो ।

कार्यक्रममा काठमाडौं जिल्ला सदस्य तथा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका इन्चार्ज लक्ष्मी काफ्लेले राजनीतिमा अपाङ्गता भएका व्यक्तिहरुका सवाल सुनश्चित गराउनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा पोलिटव्यूरो सदस्य बालकृष्ण ढुंङ्गेलले राजनैतिक दल तथा रानीतिज्ञयहरु अपाङ्गता मैत्री हुनु पर्ने, पाटीका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गरिनु पर्ने कुरामा जोड दिनु भएको थियो । न

याँ कार्यसमिति चयन तथा निर्वाचन प्रकृयाको सहजिकरण लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल बाग्मती प्रदेश कमिटि अध्यक्ष खेमराज खनालले गर्नु भएको थियो । यसै क्रममा उहाँले पाटीका आगामी कार्यक्रमहरु अपाङ्गता मैत्री बनाइनु पर्ने, अपाङ्गताका विषयमा सबैले जानाकारी राख्नु पर्ने कुरामा पनि जोड दिनु भएको थियो ।

लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल जिल्ला कमिटि, काठमाडौंको दोस्रो जिल्ला सम्मेलनले सुष्मा कार्कीको अध्यक्षतामा आगामी ३ वर्षका लागि २१ जनाको नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षमा अम्बिका कुँइकेल, सचिवमा सुनिता थापा, उपसचिवमा लक्ष्माण आस्लामी मगर र सत्यवती वाग्ले र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा निर्वाचित हुनु भएको छ । त्यसै गरी सदस्यहरुमा विना खतिवडा, सुजता सुनाम, शिव अग्रवाल, कल्पाना भण्डारी, रिता बोगटी, सुमित्रा (रेखा) बास्कोटा, रमेश दाहाल, रुद्र श्रेष्ठ, रवि थापा, मिना पाठक र लिलादेवी पौडेल चयन हुनु भएको छ ।

Must View