नागरिक पोष्ट News


साताको पहिलों कारोबार दिन आइतबार शेयरबजार ओरालोे

1K

काठमाडौं - यस साताको पहिलों कारोबार दिन आइतबार शेयरबजार ओरालोे लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३०।८९ अंकले घटेर २५१३।४१ अंकमा पुगेको छ ।

आइतबार २२५ कम्पनीको ३२ लाख ५३ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । ठुला कम्पनिको उपसूचक ६।४४ अंकले घटेर ४६९।०३ अंकमा पुगेको छ । यो बिहिबारको तुलनामा १।३५ प्रतिशतले कम हो । १३ समुहका कम्पनीको उपसूचक मध्ये १२ समूहको कारोबार घटेको छ । भने यस दिन आपसी कोष समूहको कुनै अंकमा परिर्वतन नभई स्थिर रहेको छ ।

Must View