नागरिक पोष्ट News


दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा

875

काठमाडौँ – कोरोना महामारीको त्रास कम भएसँगै दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ ।

विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो । अहिले महामारीको त्रास कम भएकोले मठमन्दिर, पार्टी प्यालेस पूर्ववतरुपमा नै सञ्चालनमा रहेको र विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले जसरी नै हुन थालेको फ्लोरीकल्चर एशोसिएशनले जनाएको  छ ।

महामारीका समयमा अरु केही व्यवसाय आंशिक सञ्चालनमा आए पनि पुष्प व्यवसाय भने पूर्णरूपमा बन्द रहेको थियो । कोरोनाका कारण नियमित व्यवसाय गर्न नपाएकाले नोक्सानको सामना गर्नुपरेको भन्दै यस व्यवसायबाट २५ प्रतिशत व्यवसायी अन्य पेशामा पलायन भएका  एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

अहिले नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको एशोसिएशनका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।  

Must View