नागरिक पोष्ट News


वडा नं ११ नेपालटारमा मिलन चौतारी पार्कको उदघाटन

1K

काठमाडौ - तारकेश्वर नगरपालिकाको वडा नं ११ नेपालटारमा मिलन चौतारी पार्कको उदघाटन भएको छ। उक्त पार्कको तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहरा र उपप्रमुख भवानी डोटेल धितालले उदघाटन गरेका छन।

तारकेश्रर नगर प्रमुख रामेश्वर बोहराले कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न वडा हरुमा निर्माण  भईसकेका  पार्कहरु कसरी संरक्षण गरने भन्ने चासो उत्सुकता भईरहेको बेला नगरपालिकाले यसलाई मध्य नजर राख्दै सरक्षण गर्न लागिपर्ने विश्वास दिलाउने चासो देखाए ।

 जनप्रतिनिधि निर्वाचित भएर आयपछि उक्त पार्क को परिकल्पना अनुसार खोला छेउमा रहेको सार्वजनिक जग्गालाई सदुपयोग गर्दै गुरु योजना अन्तरगत मिलन चौतारी पार्क उक्त वडाका जेष्ठ नागरिक लगायत वडा वासिहरुलाई उपयोग गन उक्त पार्क निर्माण गरिएको हो । उक्त पाक पचास लाखमा निमाण भएको वडा न ११ का कार्यवाहक वडा अध्यक्ष प्रज्वल विक्रम थापाले जानकारी दिए ।  

Must View