नागरिक पोष्ट News


बिसे नगर्चीको शालिक अनावरण,बाडभञ्ज्याङ स्वास्थ्य चौकी ,घट्टे डाडा पार्क संयुक्त उद्घाटन (फोटो फिचर) 

2K

काठमाण्डौँ - चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण गरिएको छ । बिसे नगर्ची स्मृति वाटिका निर्माण समितिले नगर्चीको पूर्ण कदको शालिक निर्माण गरी आज अनावरण गरिएको छ ।

विस। १७४६ मा जन्मिएका नगर्चीले राष्ट्र निर्माता कार्य राज्य एकीकरणका क्रममा राष्ट्रमा आर्थिक संकट परेको समयमा वडा महराजधिराज पृथ्वीनारायण शाहलाई एक रुपैयाँको ढ्याक दिई गोरखाका बाह्र हजार घरधुरीबाट एक एक रुपैयाँ उठाउन सुझाव दिनुभएको थियो इतिहास छ । नगर्चीले पृथ्वीनारायण शाहलाई काशीमा हतियार किन्न जाँदा श्रीहर्षसँगै लिएर जान र कालु पाँडेलाई राज्यको मुल काजी बनाउन समेत सुझाव दिनुभएको छ ।

प्रतिनिधि सभाका सांसद अन्जना विसंखेले बिसे नगर्ची कुनै एउटा समुदायको मात्र नभएर सिंगो राष्ट्रको व्यक्ति भएकोले राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । समितिका अध्यक्ष दिनेश परियारले बिसे नगर्चीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने समेत माग गर्नुभयो ।

करिव ६० लाखको लागतमा शालिक निर्माणसँगै बाटिका निर्माण गरिएको हो । त्यसैगरी आजै बाडभञ्ज्याङ स्वास्थ्य चौकी भवन र घट्टे डाँडा पार्कको समेत आज उद्घाटन गरिएको छ । त्यस्तै चन्द्रागिरी नगरपालिका भरिकै उत्कृष्ट स्वास्थ्य भवन संबिधान सभा सदस्य माननीय क रूपा महर्जन बाट समुद्घाटन भएको छ भने प्रतिनिधि सभा सदस्य माननीय कअञ्जना बिशंखे बाट घट्टेडाडा पार्कको समुद्घाटन सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय बासी लगायत विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो । 

Must View