डाउन सिण्ड्रोम अपाङ्गता युवा सम्मेलन
- शर्मिला विश्वकर्मा
काठमाडौं । १७ औ विश्वडाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले डाउन सिण्ड्रोम अपाङ्गता भएका युवाहरुको सम्मेलन काठमाडौंमा गरेको छ । काठमाडौंको कपुरधारा स्थित डाउन सिण्ड्रोम समाज नेपालको कार्यलयमा आयोजित सम्मेलनमा डाउन सिण्ड्रोम युवा अपाङ्गता भएका व्यक्ति सार्थक खड्काले स्वागत गरेका थिए भने प्रीतम विश्वकर्मा र अपेक्षा रुम्बाले ३ वटा मैनबत्ति बालेर सम्मेलनको उद्घाटन गरेका थिए । डाउन सिण्ड्रोम अपाङ्गता बौद्धिक अपाङ्गता भित्रको एक अवस्था हो । यस्तो अवस्थाका व्यक्तिहरुको बौद्धिक क्षमता कम हुन्छ भने दैनिक रुपमा गरिने क्रियाकलापहरु, बोलिको विकास, दोहो¥याई तेराइ गराउनु पर्दछ । सो सम्मेलनमा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष तथा अभिभावक शिला थापाले यो सम्मेलको सहजिकरण गर्दै उनीहरुको व्यवहारिक ज्ञान, सीप दैनिक रुपमा सिकाउनु पर्ने, यसको लागि आवश्यकता अनुसार चित्र पनि प्रयोग गर्नु पर्ने बताउनु भयो । साथै यस संस्थाले पनि स्थापना काल देखि नै उनीहरुको आनी बानीको विकासको लागि काम गर्दै आएको बताउनु भयो । सो सम्मेलने गर्दै चित्र देखाउदै युवाका सवालमा छलफल पनि गरिएको थियो ।
डाउन सिण्ड्रोम युवा अपाङ्गता भएका युवाहरुकले हाल यस संस्थाको प्रयासबाट आफ्नो नाम, ठेगाना लेख्न रुचि बताउन सक्ने भएका छन् भने अधिकांशले नृत्य गर्न पनि सक्ने भएका छन् । त्यसै गरी कतिपय युवाहरुले राम्रोसँग चित्र बनाउने, चित्रद्धारा बस्तु चिन्ने, सामान्य रुपमा पढ्न र लेख्न सक्ने पनि भएका छन् । सो युवा सम्मेलनमा ३ वटा समुहहरु बनाएर रोजगार, स्वावलम्वन, शिक्षाका विषयमा छलफल गराइ प्रस्तुतीकरण गर्न पनि लगाइएको थियो । यस सम्मेलनमा २२ जना डाउन सिण्ड्रोम अपाङ्गता भएका युवा युवतीहरुको सहभागीता रहेको थियो भने सबै सहभागीहरुलाई अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले प्रमाण पत्र र पुरस्कार गर्नु भएको थियो ।
यसै क्रममा उहाँले यस्तो सम्मेलनले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको मनोबल उच्च हुने, व्यवहारिक ज्ञानलाई सम्झन सहयोग गर्ने, घर परिवार तथा समाजमा घुलमिल हुन सहयोग गर्ने बताउनु भयो । त्यसै गरी सहगोथी तथा स्वयम् सेवक नम्रता निरौलाले यस सम्मेलनले डाउन सिण्ड्रोम अपाङ्गता भएका युवाहरुको विषयमा धेरै ज्ञान प्राप्त गरेको बताउनुभयो । यस डाउन सिण्ड्रोम युवा अपाङ्गता सम्मेलन तेस्रो सम्मेलन हो । यसै सम्मेलनले आगामी वर्ष सम्मका लागि ७ जनाको डाउन सिण्ड्रोम युवा अपाङ्गता भएका युवाहरुको स्ववकालत समुह निर्माण गरेको छ । जसमा प्रीतम विश्वकर्मा, प्रवेश अर्याल, लुजा श्रेष्ठ, अपेक्षा रुम्बा, प्रज्वला श्रेष्ठ, सृजना राई र सार्थक पाठक चयन हुनु भएको छ ।