नागरिक पोष्ट News


तारकेश्वरमा साहित्य महोत्सव सम्पन्न

1.8K

काठमाण्डौँ - दुई चरणमा सम्पन्न महोत्सवको पहिलो सत्रमा विभिन्न क्षेत्रमा योगदान दिएका १५ जना व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्नेहरूमा आयोजकको मापदण्डअनुसार सत्तरी वर्ष उमेर समूहका साहित्यकारहरू तुलसीनाथ उपाध्याय घिमिरे, तीर्थप्रसाद ढकाल, विश्वम्भर घिमिरे चन्चल, लुमणी आचार्य, धर्मराज अर्याल, कलाकार लक्ष्मण बिक्रम बस्नेत, धुर्वराज खड्का, समाजसेवी सानुबाबु विन्दुकार, शिक्षासेवी प्रा। डा। केशव खड्का, प्रा। डा। घनश्याम पुडासैनी, पत्रकार राजेन्द्र कुमार श्रेष्ठ (आर के धर्मस्थली), रामचन्द्र शर्मा सन्जेल,समाजसेवी सरस्वती काफ्ले, युवा साहित्यकार देवेन्द्र अर्याल,तथा डा. कान्छी महर्जन रहेका छन् ।

महोत्सवको दोस्रो तथा अन्तिम सत्रमा रचना वाचनसहित सहभागी एवं सहयोगीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तारकेश्वर साहित्य महोत्सव २०७८ का संयोजक, सूचक प्रकाशनका अध्यक्ष एवं साहित्यकार दीपक भेटुवाल ९दीपसागर० को सभापतित्व एवं वरिष्ठ शिक्षाविद एवं साहित्यकार प्रा।डा। वासुदेव काफ्लेको प्रमुख आतिथ्यमा भएको महोत्सवमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, लव गाउँले, हरिप्रसाद पाण्डेय लगायत विभिन्न क्षेत्रका करिब दुई सय मानिसहरूको सहभागिता रहेको थियो ।

महोत्सवका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले समाजले कला र साहित्य क्षेत्रलाई सहयोग नगरेका कारण नेपाली साहित्य अगाडि बढ्न नसकेको बताए । कला, साहित्य तथा प्रतिभालाई सहयोग र सम्मान नगर्ने समाज खल्लो हुने उनको विचार थियो । यस्तै उनले तारकेश्वरलाई विराट साहित्यिक इतिहास बोकेको क्षेत्रका रूपमा स्मरण गर्दै तारकेश्वरको साहित्य र तारकेश्वरको समृद्धिको लागि महोत्सव आयोजना गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि प्रा।डा।वासुदेव काफ्लेले नेपाली भाषा र साहित्यको विकासमा तारकेश्वरका साहित्यकारले खेलेको भूमिकाको चर्चा गर्दै कार्यक्रमको सफलता एवं निरन्तरताको कामना गर्दै समाज परिवर्तनको महत्त्वपूर्ण आधार साहित्य भएको हुँदा जनताको मनस्थिति रुपान्तरण गर्न प्रेरित गर्ने रचना सृजना हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा धर्मराज अर्याल (श्रमिक) स्मदा भट्ट, राजेन्द्र अर्याल, सनत कुमार आचार्य, सकुन्तला देवकोटा, बासुदेव ठकुरी, तारा सुवेदी, दिलकुमारी डंगोल, केशव प्रसाद बजगाइ, श्रीकृष्ण न्यौपाने, धुर्व प्रसाद गजुरेल ९ धरहरा अभियन्ता०, हरिप्रसाद पाण्डेय लगायत दुई दर्जन स्रष्टाहरूले विभिन्न विधाका रचना वाचन गरेका थिए ।

Must View