नागरिक पोष्ट News


तारकेश्वर मेयरमा एमालेबाट राजु सुवेदी दाबेदारको रुपमा उत्रदै

1.4K

काठमाडौँ । एमालेको तर्फबाट राजु सुवेदीलाई तारकेश्वर नगरपालिकाको मेयरमा दाबेदारका रुपमा हेरिएको छ । हालका मेयर रामेश्वर बोहोरा नदोहोरिने अवस्था आए सुवेदीले मेयरमा उमेद्वारी दिने बताएका छन् । त्यसका लागि सुवेदीले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन् । पार्टी प्रदेश कमिटी सदस्य सुवेदीलाई तारकेश्वरको मेयरको टिकट दिलाउन एमाले उपाध्यक्ष राम बहादुर थापा बादल लागि परेको स्रोतको दाबी छ । व्यापारिक पृष्ठभूमिका कारण छोटो समयमा नेताहरुसँग हिमचिम बढाउन सिपालु सुवेदी पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग समेत अस्वभाविक रुपमा नजिकिएका छन् । यसअघि माओवादी अध्यक्ष प्रचण्ड र नेता वर्षामान पुनसँग समेत नजिकको सम्बन्धमा रहेका उनि नेता मिलाउन सिपालु मानिन्छन । उपाध्यक्ष बादलसँगै ओलीको आर्शिवाद पाए सुवेदीलाई कसैले रोक्न नसक्ने उनि निकटहरु बताउछन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष बादलले काठमाण्डौमा एकजनामात्रै मेयरको उम्मेदवार अघि सार्ने अवस्था आए उनै सुवेदीका लागि तारकेश्वर नगरपालिका रोज्ने बादल निकट स्रोत बताउँछ ।  बाग्लुङमा राष्ट्रिय जनमोर्चाको राजनीतिबाट उदाएका सुवेदी पछिल्लो पटक एमाले९माओवादी एकता प्रक्रियापछि बादललाई नेता मानेर एमालेमै सक्रिय भएका छन् । राजनीतिसँगै व्यापार र पत्रकारितामा सक्रिय उनि केहि वर्ष अष्ट्रेलिया बसेर फर्केपछि नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि मात्रै पुनः राजनीतिमा सक्रियता भएका हुन् ।

Must View