रजनि सचेतना नेपाल फाउन्डेसन द्वारा नि शुल्क आँखा जाच शिविर सम्पन्न
काठमाडौं -रजनि सचेतना नेपाल फाउन्डेसन को आयोजनामा १ दिने नि शुल्क आँखा जाच शिविर काठमाडौं को टोखा नगरपालिका वाड न ९ मा रेहेको कामना माध्यमिक बिधालय को प्राङ्गण मा सम्पन्न भएको छ।
स्थानिय जेष्ठ नागरिक बाट आखाको परिक्षण गर्दै शिविरको उदघाटन गराएका थिए । भने पुर्व स्वास्थ्य सचिब तथा वरिष्ठ छाती रोग बिशेषज्ञ डा द्दिर्घ सिह बमको प्रमुख आतिथ्यमा समापन भएको थियो।
करिब ११४३ जनाले उक्त शिविर मा आएर आफ्नो आखा परिक्षण गराएका थिए भने ३२४ जना ले आखाको शल्यक्रिया गराएका थिए साथै आखा परिक्षण पछि ६७६ जनालाई चस्मा र ६८९ जनालाई औषधि बितरण गरेको थियो।
टोखा नगरपालिका भित्र रहेका स्थानिय नागरिकको स्वास्थ्य लाई मध्यनजर गर्दै यो शिविर सन्चालन गरेको थियो फाउन्डेसनले बिगतका दिनहरुमा पनि सामाजिक कार्यहरु गर्दै आएको र आगामि दिनमा पनि देशैभर कामहरु गर्दै जाने र आजको यस शिविर पनि स्थानिय स्तरमा रहेका बिभिन्न सघ सस्थाको सहकार्य र उपस्थितिमा सम्पन्न गर्न सफल भएको फाउन्डेसनकि अध्यक्ष रजनि थापाले बताउनु भयो।