नागरिक पोष्ट News


भारतस्थित बीपीको सालिक संरक्षणको पहल

1.3K

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक स्व बीपी कोइरालाको भारतस्थित पटनामा रहेको सालिकको स्थायित्व र संरक्षणका लागि तत्काल पहल गर्न बिहारका विधान सभा सदस्य प्रा डा वीरेन्द्रनारायण यादवले माग गरेका छन्। उनले बिहार राज्य सरकारसमक्ष संरक्षणको लिखित माग गरेका हुन् ।

बीपीको सालिक संरक्षण संवद्र्धनका लागि बीपी सङ्ग्रहालय सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेलको प्रतिनिधि मण्डलले पटकपटक ध्यानाकर्षण गराएपछि विधान सभा सदस्य यादवले सरकारसँग लिखित धारणा माग गरेका हुन्। यसअघि पोखरेल नेतृत्वको टोलीले गत फागुन दोस्रो साता गरेको पटना भ्रमणका क्रममा भारतीय नेताहरूलाई यस विषयमा ध्यानाकर्षण गराएको थियो ।

बीपी कोइराला भारतको स्वतन्त्रताका लागि बेलायती शासनविरुद्धको भारत छोडो आन्दोलनमा सहभागी भएका थिए। स्वतन्त्रतापछि भारतका प्रथम राष्ट्रपति बनेका डा राजेन्द्रप्रसादसँग बीपी कोइराला भारतको स्वतन्त्रता आन्दोलनमा हजारीबाग जेलमा बसेका थिए। उक्त कुरालाई यादवले स्मरण गराएका छन् ।

हजारीबाग जेलमा मात्रै बीपी तीन वर्ष छ महिना बसेका थिए। पटक पटक गरेर झन्डै चार वर्ष बीपी भारतको जेलमा बसेका थिए । बीपी १५ वर्षकै उमेरमा भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी भएका थिए। भारत स्वतन्त्र हुने भएपछि बीपीलगायत भारतीय नेताहरूलाई अङ्ग्रेज सरकारले रिहा गरेको थियो ।

भारतको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै सन् १९९४ मा बिहारको राजधानी पटनामा बीपीको सालिक बनाइएको थियो । बीपी धर्मपत्नी सुशीला कोइरालाको उपस्थितिमा बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले सालिकको अनावरण गरेका थिए। पटनाको गोलघरस्थित पार्कमा रहेको बीपीको सालिक संरक्षण हुन नसकेको भन्दै सङ्ग्रहालयले त्यसको प्रबन्ध मिलाउन पहल गर्दै आएको  गोरखापत्र दैनिकमा खवर छ ।

Must View