नागरिक पोष्ट News


वार्ता तथा सम्वादमार्फत नै सिमा विवादलागयतका समस्या हल हुन्छ : डा. करण सिंह

1.1K

काठमाडौं  । भारतीय कंग्रेस आईका वरिष्ठ नेता डा. करण सिंहले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आजबाट सुरु भएको तीन दिने भारत भ्रमण सफल हुने बताएका छन् ।

नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै नेता सिंहले यस्तो बताएका हुन् । नेपाल र भारतबीच भएका सबैखाले समस्याको समाधान वार्ताको माध्यमबाट नै हुनेपनि उनले विश्वास दिलाए ।

सिमा विवादलगायतका सबैखाले समस्या सम्वादमार्फत नै हल हुने स्पष्ट पारे । उनले आफू छिट्टै नेपाल आउने पनि जनाए । उनले पशुपतिनाथको दर्शन गर्नको लागि छिट्टै नेपाल आउने बताए ।

Must View