नागरिक पोष्ट News


एक्कासी पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन किन लाग्यो ?

0.9K

 देशभरका अधिकांस पेट्रोल पम्पहरु उपभोक्ताहरुको बाक्लो लाम लागेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापत डिलरहरूले पाउने गरेको कमिसनमा कटौति भएको विरोधमा नेपाल पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले ढुवानी बन्द गरेपछि पेट्रोलियम पदार्थको अभाव हुने आशंकामा उपभोक्ताहरुको लाइन लागेको हो । चाहिने मात्रामा पेट्रोलियम पदार्थको ढुवानी हुन नसक्दा उपभोक्ताले सास्ती खेपेका छन ।

नेपाल आयल निगमले दिदै आएका कमिसन फागुन १९ गतेदेखि कटौती गरेको थियो । कटौती गरेको कमिसन पाउनुपर्ने लगाएतका माग राख्दै पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका व्यवसायीले ढुवानी ठप्प पारेका हुन ।

यसका साथै आइओसीले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि समेत पठाएपछि मूल्य वृद्धि हुने आशंकामा उपभोक्ताहरुको थप भीड पेट्रोल पम्पहरुमा देखिएको छ ।

नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीहरुको मतभेदका कारण आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासले सवारी चालकहरुको पेट्रोल पम्पमा भीड बढेको छ ।

Must View