नागरिक पोष्ट News


दुप्चेश्वर गाउँपालिकामा गठबन्धन उमेदवारहरुको चर्चा : कसले बाजी मार्ला ?

6.4K

काठमाडौं । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका भित्र तामाङ, ह्योल्मो, खासअर्य र दलित समुदायको बसोबास छ । राजनीतिक रुपमा काँग्रेस माओवादी एमाले जनता समाजबादी र राप्रपा पार्टीहरुको सक्रियता रहेको छ । आउदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दा यहाँ कुन कुन राजनीतिक दलका उमेदवारले बाजी मार्न सक्छन् भन्ने कुराको अहिले छलफल, बहस बढको छ । पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको चुनावमा एकढिक्का भएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।

चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने लामो छलफलपछि सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले देशभर आवश्यकताको आधारमा चुनावी तालमेल गरेर प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् । गठबन्धनमा रहेका दलहरूले यही निर्वाचनमा गठबन्धनभन्दा बाहिर रहेका दलसँग कुनै गठबन्धन नगर्ने समझदारी समेत गरेका छन् । काँग्रेस भित्र पनि कृष्ण कुईकेल, रोजलाल मोक्तान र योगेन्द्र सिङ तामाङ दबेदार देखिन्छ । माओवादीमा लाल ब. तामाङ, मनिस खतिवडा र शंकर थापाको चर्चा चलेको छ।

जनता समाजबादी पार्टीबाट निमा ह्योल्मो आउने  जनाकारहरु बताउछन । नेकपा एकीकृत समाजबादीको उमेदवारको खासै चर्चा आएको छैन । यी गठबन्धन भित्र बिचार नीति सिद्धान्त फरक रहेको छ जुन चुनौतिको रुपमा देखिएको छ। यसैले साझा उमेद्वारको पनि त्यहाँका जनताहरुले विकल्प खोजिरहेका छन् । नेकपा एमाले पार्टीले पनि यो गाउँपालिकामा आफ्नो राजनीतिक  कार्यक्रमलाई तिब्रता दिएको छ । 

गठबन्धनको नाममा भित्र-भित्रै सबै आ-आफै डाम्फु बजाई रहेका छन् । त्यसैलै काँग्रेस, माओवादीको गठबन्धन कसरी अगाडी बढ्ला ? कसरी सहमति जुट्ला ? त्यसको उत्तर भने भोलीको दिनले बताउने नै छ । यदि जबरजस्त नेताको बिच सहमति भयो भने पनि जनताको प्रतिक्रिया कस्तो रहन्छ त्यो भने निर्वाचन परिणामले नै देखाउँला । जनमाहोल जनता समाजबादीको पक्षमा देखिएको भए पनि पार्टी कता ढल्किन्छ भन्ने जनचासो सर्वत्र छाएको छ ।

Must View