नागरिक पोष्ट News


मतदाता नामावलीमा नाम भए, नभएको कसरी हेर्ने ? (तरिकासहित)

1.4K

काठमाण्डौ, आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ। मतदानमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुँदैछन्। वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

आयोगले मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ। अब स्थानीय तहको निर्वाचन अघि मतदाता नामावलीमा कसैको नाम थपघट गर्न पाइने छैन। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा गएर आफ्नो नाम हेर्न सक्नेछन्।

आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ। त्यसमा नागरितकतामा उल्लेख भए बमोजिको आफ्नो नाम राखेपछि सबै विवरण हेर्न सकिन्छ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् – १. सबैभन्दा पहिले तपाई निर्वाचन आयोगको वेवसाइट ( https://election.gov.np/np/page/voter-list ) मा क्लिक गर्नुहोस्।

२. त्यसपछि टेबलमा तपाईंको प्रदेश, जिल्ला, आफू बस्ने गाउँपालिका वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यसपछि तपाईंले तल्लो टेबलमा वडा नम्बर र आफूले मतदान गर्ने केन्द्र पनि छनोट गर्नुहोस् । त्यसपछि सबमिट (SUBMIT) लेखेको बटममा क्लिक गर्नुहोस्।

४. त्यसपछि नामावली देखिन्छन्। जहाँ तपाईको नामको पहिलो अक्षरमा क्लिक गर्नुहोस् र वर्णानुक्रम अनुसार आफ्नो नाम भए,नभएको हेर्न सक्नुहुन्छ।

५. यदि तपाईलाई आफ्नो फोटोसहितको पूरा विवरण हेर्ने चाहेमा आफ्नो नाम पछाडि रहेको मतदाता विवरणमा क्लिक गरेपछि आउने नयाँ टेबलमा आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्छ। त्यससछि चित्रमा दिएको अक्षर खाली ठाउँमा जस्ताको तस्तै लेखेपछि तपाईंको पूर्ण विवरण देखाउँछ।

Must View