नागरिक पोष्ट News


तारकेश्वर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा

1.4K

काठमाडौँ । सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले आउँदो चैत्र १९ गते हुन लागेको प्रथम तारकेश्वर साहित्य महोत्सवको सम्पुर्ण तयारी भएको जनाएका छन् । सूचकले प्रकाशनले तारकेश्वरको कला, संस्कृति र साहित्यलाई महोत्सवको माध्यमबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा जोड्न तथा तारकेश्वरको महत्त्व र विविधतालाई उजागर गराउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको हो । कार्यक्रममा कला, संस्कृति, भाषा, साहित्य, शिक्षा र समाजसेवाको क्षेत्रमा योगदान गर्ने प्रतिभाशाली १५ जना व्यक्तिहरूलाई सम्मान पनि गरिन लागिएको आयोजकले बताएको छ ।

प्रकाशनका अध्यक्ष भेटुवालका अनुसार महोत्सवमा करिब तीन सय व्यक्तिहरुको सहभागिता रहनेछ । कार्यक्रममा कला, साहित्य र तारकेश्वरको अर्थ संस्कृतिका बारेमा सम्बन्धित क्षेत्रका जानकारहरुले विचार प्रस्तुत गर्नेछन् । महोत्सवमा स्थानीय लगायत विभिन्न क्षेत्रका कविहरुको रचना वाचन कार्यक्रम पनि राखिएको छ । कार्यक्रममा तारकेश्वर नगरपालिका र टुसाल मल्टिभेन्युको सहकार्य रहेको छ भने मिडिया पार्टनरको रूपमा नागरिक पोष्ट, संगम दैनिक र फरकपत्र अनलाइन रहेका छन् । कार्यक्रम तारकेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको नगरपालिकाको हलमा १२ बजे सुरु हुनेछ ।

Must View