नागरिक पोष्ट News


बुवाको बाइकमा स्कूल गएका दुई दीदिबहिनीलाई ब्याक गरेर टिपरले मारेपछि.. स्कूलमा रुवाबासी

1.6K

काठमाडौँ । घटना काठमाडौं गोकर्णेश्वर हो । बुधबार रोहन तामाङ आफ्ना दुई छोरी लाई स्कूल पुर्याउन हिडेका थिए ।  घरसम्म स्कूल बस नआउने भएपछि श्रेया र सृष्टि तामाङ बुबाको बाइकमा स्कूल जान हिडेका थिए ।  रोहन बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदै थियो। कालोपत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर अगाडि गुडिरहेको थियो र रोहन पछि पछि बाइका २ छोरीलाई लिएर स्कूल जाँदैथिए । गुडिरहेकै बेला विपरीत दिशाबाट आएको गाडीलाई बाटो पुगेन। अचानक  बा४ख ६९६५ नम्बरको टिपर ब्याक हुन थाल्यो, रोहनले बाइकको हर्न बजाइरहे। ब्याक भएको टिपरले हर्न नै सुनेन र एकैपटक बाइकमा भएका उनीहरुलाई किच्यो। टिपरले ठेलेपछि बाइकबाट खसेका छोरीहरू त्यसकै टायरमा परे। घटनास्थलमै सृष्‍टि र श्रेया तामाङ को ज्यान गयो। ८ वर्षीया सृष्‍टि वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा कक्षा २ मा र ४ वर्षकी श्रेयालाई नर्सरी पढ्थिन्। गोकर्णेश्वर नगरपालिका(१ श्वेतवारही मन्दिर नजिकै रोहनको घर थियो । स्कूल पुग्न भने १० मिनेट लाग्थ्यो ।  टिपरले किचेर गम्भीर घाइते भएका रोहन तामाको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।  दुई बालिकाको ज्यान लिएपछि आक्रोशित स्थानीय र आफन्तले टिपरमा आगजनी गरे। टिपर चालक तत्कालै फरार भए। सडकमा टायर बल्यो, मेलम्ची चोकमा सडक बन्द गरिएको थियो। सृष्‍टि र श्रेया तामाङको मृत्युले विद्यालयमा रूवाबासी चलेको छ ।

Must View