नागरिक पोष्ट News


 राईज एन्ड साईनद्दारा आयोजित किड्स एन्ड टिन्स ट्यालेन्ट शो भव्यताकासाथ सम्पन्न्

2.3K

काठमाण्डौं - राईज एन्ड साईनद्दारा आयोजित "किड्स एन्ड टिन्स ट्यालेन्ट शो" यहि चैत ११ गते भव्यताकासाथ समापन गरिएको छ। कार्यक्रममा मिस मंगोल सेकेन्ड रनरअप बिभिषिका श्रेष्ठ शाक्यले कोरियोग्राफरको भूमिका निर्वाह गरेकी छिन् ।

प्रतियोगितामा भागलिन विभिन्न बिध्यालयका प्रतिभावान बिध्यार्थीहरुलाई उनीहरुको बौद्धिक क्षमताका आधारमा सहभागी गराईएको थियो। संस्थाले कलिला क्षमतावान बिध्यार्थीको लागि हरेक बर्ष ब्यूटी पेजेन्ट सम्बन्धि काम गर्दै आईरहेको कूरा संस्थाकी अध्यक्ष श्री रश्मि शाक्यले बताउनुभयो।

राईज एन्ड साइन क्रीएशनले म्यूजिक भिडियो लगायत विभिन्न सन्देशमूलक कार्यक्रमका साथै नारी हक हित र मुक्तिका सवालमा आवाज उठाउँदै आईरहेको छ ।

संस्थाद्दारा आयोजित कार्यक्रममा कला क्षेत्रमा आवद्ध व्यक्तिहरु,महिला अधिकारकर्मीहरु ,समाजसेवी , पत्रकार तथा विभिन्न राजनैतिक एवं धार्मिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेकोे थियो । आगामी २० गते संस्थाले किड्स एन्ड ट्यालेन्ट प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागिरहेको कोरियोग्राफर तथा मिस मंगोल सेकेन्ड रनरअप बिभिषिका श्रेष्ठले बताएकी छिन् ।

Must View