नागरिक पोष्ट News


श्रवणदृष्टिविहिन अपाङ्गताका अभिभावकको राष्ट्रिय कार्यशाला

2.2K

काठमाण्डौं - शर्मिला विश्वकर्मा, काठमाडौं श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुका लागि काठमाडौंमा ४ दिने राष्ट्रिय कार्यशाला सञ्चालन भएको छ ।

सोमबार देखि १७ गते सम्म सञ्चालन हुने राष्ट्रिय कार्यशालामा बहिरा दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पानुर शेर्पाले यस तालिममा सिकेका सीपहरुलाई आफ्नो क्षेत्रमा गएर उपयोग गर्नु पर्ने बताउदै यस ४ दिने तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

राष्ट्रिय बहिरा महासंघ नेपाल र श्रवण दृष्टिविहिन राष्ट्रिय श्रोत केन्द्र काठमाडौंले आयोजना गरेको कार्यशालामा राष्ट्रिय बहिरा महासंघ नेपालकी उपाध्यक्ष सत्यदेवी वाग्लेले यस कार्यशालाको सफलताको शुभकामना व्यक्त गर्दै यहाँका सीपलाई सबै अभिभावकहरुले सदुपयोग गर्नुहुन आग्रह गर्नु भयो । कार्यशालाको उद्घाटनका क्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना संयोजक शंकर चैसरले संस्थाले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिएका क्रियाकालापको विषयमा जानकारी गराउनु भयो । साथै उहाँले पछिल्लो चरणमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रादेशिक सरकार र स्थानीय सरकारबाट श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालमा कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको पनि बताउनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले यहा ४ दिन सम्म तालिममा सिकेका कुराहरु तथा सीपहरुलाई आफ्नो क्षेत्रमा गएर उपयोग गर्नुका साथै सरोकारवाला निकायहरुसलाई पनि सचेत गराउनु पर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवर्धन शाखाका शाखा अधिकृत नरबहादुर चन्दले अपाङ्गताका सवालमा यस कार्यशालाले अर्थपूर्ण भूमिका निर्वाह गर्ने र यस कार्यशालाबाट आएका सल्लाह सुझाब अनुसार मान्त्रालयमा माग भए अनुसार आवश्यक सहयोगका लागि पहल गर्ने बताउनु भयो । सो राष्ट्रिय कार्यशालामा अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको सवालमा हाम्रो समाजको सोचाई, वातावरण, नीतिगत सोचमा सकारात्मक परिर्वतन ल्याउनु पर्ने बताउदै समावेशी शिक्षाका मुख्य विशेषताहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

त्यसै गरी राष्ट्रिय बहिरा महासंघ नेपालका कार्यरत वरिष्ठ श्रवण दृष्टिविहिन प्रशिक्षक दुर्गादत्त जोशीले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको अवस्था, चुनौती र प्रकारका विषयमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । सो राष्ट्रिय कमर्यशालामा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत नाराद प्रसाद धमलाले अपाङ्गता भएका विद्यार्थीहरुका लागि राज्यले व्यवस्था गरेका शिक्षाका सवालहरुको विषयमा जानकारी गराउदै श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुको भूमिकाको विषयमा पनि प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट श्रवाण् दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहेको छ ।

Must View