नागरिक पोष्ट News


अप्टिमिष्ट क्लब अफ काठमाण्डौंद्धारा किशोरीहरुलाई तालिम सम्पन्न

1.5K

काठमाडौं - अप्टिमिष्ट ईन्टरनेशनल फाउन्डेसनको सहयोगमा भक्तपुरको बोडे माध्यमीक विधालय र काठमाण्डौंको गुहेश्वरी माध्यमीक विधालय मा गरी १०० जना भन्दा बढी छात्राहरुलाई Reproductive Health & Sexuality Education, Safe  & Health learning Environment, WaSH , Sociocultural & Legal Aspect / Mental Wellness को बारेमा जानकारी दिएको थियो । जसमा प्रशिक्षकहरु कुञ्ज प्रसाद जोशी, डा.शशि कडेल र सुवर्ण प्रभा गुरागाईले प्रशिक्षण गर्नु भएको थियो ।

बालिकाहरुको चौतर्फी विकासका लागी यस्ता शिक्षामूलक तालिमहरुको आवश्यकत्ता महशुस भएकोले अप्टिमिष्ट ईन्टरनेशनल नेपालका डिस्ट्रीक गर्भनर श्री उदय कुमार निरौला ज्यूले बनाउनु भयो  ।

वोडे मा.वि.का प्रधानाध्यापक श्री जिवन शर्मा र गुहेश्वरी मा.वि. का प्रधानाध्यापक श्री मेघ बहादुर वन्जाराले विधार्थीको परिक्षा नजिकै आएपनि यस्ता तालिमले विधार्थीहरुलाई सहयोगनै पु¥याउने साथै किताबी ज्ञानबाट भन्दा यस किसिमको फरक कार्यक्रमले विद्यार्थी भाइबहिनीहरुलाई बुझ्न सजिलो हुने भन्दै छ संस्था प्रति आभार ब्यक्त गर्नुभयो ।

अप्टिमिष्ट क्लव अफ काठमाण्डौंका पूर्व अध्यक्ष रीना श्रेष्ठले लगायत अन्य सदस्यहरु अन्जना आचार्य, रुषमा गौतमले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा अप्टिमिष्ट क्लव अफ काठमाण्डौका अध्यक्ष श्री पृथ्वी राज थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Must View