नागरिक पोष्ट News


केजीएफ च्याप्टर–२ को दमदार  ट्रेलर सार्वजनिक

2.1K

काठमाडौं - फिल्म केजीएफ च्याप्टर–२ को दमदार ट्रेलर सार्वजनिक भएको छ । केजीएफ च्याप्टर–२ केजीएफको च्याप्टर–१ को सिकोयलमा बनेको फिल्म हो । फिल्मको पहिलो भाग रिलिज भएसँगै यसको दोस्रो भागको चर्चा सुरु भएको थियो । जसमा सञ्जय दत्त, यश र रबिनाको टण्डनको मुख्य भूमिका रहेको छ ।

केजीएफ च्याप्टर–१ फिल्ममा यशले रकीको भूमिका निर्वाह गरेका थिए । जबरदस्त एक्सन र दमदार कथाको बलमा फिल्म ब्लकबस्टर साबित भएको थियो । फिल्मको पहिलो भाग रिलिज भएसँगै यसको दोस्रो भागको चर्चा सुरु भएको थियो ।

दक्षिण भारतीय फिल्म क्षेत्रमा पछिल्ला फिल्महरूले केहि फरक प्रभाव पारिरहेको छ । दक्षिण भारतीयका फिल्मले बलिउडलाई ओझेलमा पारेको देखिन्छ ।

ट्रेलर रिलिज हुनेबित्तिकै फ्यानमा फरक उत्सुकता देखिएको छ ।

सञ्जय दत्त ‘अधीराको’ भूमिकामा देखिने भएका छन् । जुन एकदमै दमदार र खतरनाक देखिएको छ ।

यसैगरि, ट्रेलरमा रविना टण्डनको भूमिका गजबको देखाइएको छ । स्रोतका अनुसार फिल्ममा उनको भूमिका इन्दिरा गान्धीबाट प्रेरित देखाइने छ । यश यो फिल्ममा मुख्य नायकको रुपमा देखा परेका छन् । उनले फिल्मको पहिलो भागमा जस्तै यसमा पनि आफ्नो अन्दाज र अभिनयले सबैलाई प्रभावित पारेका छन् । ट्रेलरमा नै उनको उत्कृष्ट संवाद रहेको छ ।

केजीएफ च्याप्टर–१ सन् २०१८ मा रिलिज भएको थियो । यो फिल्मले विश्वव्यापी रुपमा करिब २३५ करोड आम्दानी गरेको थियो । तर, अब केजीएफ च्याप्टर–२ को ट्रेलर सार्वजनिक भएपछि दर्शकले धेरै अपेक्षा गरेका छन् । यो फिल्म १४ अप्रिल २०२२ मा रिलिज हुनेछ ।

 

 

Must View