नागरिक पोष्ट News


प्रेमीको अधुरो प्रेमकथा ‘तिमीलाई नै सम्झिरहन्छु’ सार्बजनिक 

1.5K

काठमाडौँ - श्रुति सङ्गीत विद्यालयको प्रस्तुतिमा असफल प्रेमकथा बोकेको म्युजिक भिडिओ ‘तिमीलाई नै सम्झिरहन्छु’ सार्वजनिक भएको छ l पुष्पा पौडेलको शब्द रचना र नरहरि प्रेमीको सङ्गीत रहेको यस युगल गीतमा सङ्गीतकार नरहरि र प्रज्ञा अधिकारीले स्वर दिएका छन् l गीतमा सञ्जय हमालले सङ्गीत संयोजन गरेका छन् भने मिक्सिङ / माष्टरिङ मनोज परियारले गरेका हुन् l

  राजकुमारको निर्देशन तथा सम्पादन रहेको यस गीतको भिडिओका सिनिम्याटोग्राफर वुद्ध थापा हुन् l भिडिओमा गीतकै गायक र गायिका नरहरि र प्रज्ञाले नै प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने सुरवीर पण्डितलाई नायिकाको बाबुको भूमिकामा देख्न सकिन्छ l भिडिओका निर्माता राजकुमार अधिकारी र तारा अधिकारी हुन् l

भिडिओले सुन्दर भविष्यको सपना बोकेर परदेशिएको एक निम्नवर्गीय युवकको अधुरो प्रेमकथा प्रस्तुत गरेको छ l यथार्थपरक भाव बोकेको यस भिडिओमा आफ्नो प्रेमी परदेश गएपछि अभिभावकहरुको करकापमा बिबाह गर्न बाध्य भएकी युवतीको पीडा पोख्ने प्रयास गरिएको छ l लामो समय अघिदेखि सङ्गीत प्रशिक्षकको रुपमा परिचित नरहरि प्रेमी सङ्गीत सिर्जना र गायनमा पनि उत्तिकै क्रियाशील रहँदै आएका छन् भने पछिल्लो समय उनी बेला बेलामा भिडिओमा मोडलिङ समेत गर्न थालेका छन् l

 

 

Must View