नागरिक पोष्ट News


टोखा वडा नं. ९ को कार्यालय निर्माण सम्पन्न

0.9K

काठमाडौं - टोखा नगरपालिका वडा नं ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । २०७७ साल मंसिर १० गते शिलान्यास भई छोटो अवधिमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन नगर प्रमुख प्रकाश अधिकारीले शुक्रबार एक कार्यक्रमबीच गर्नुभएको छ ।

भवन उृदघाटन कार्यक्रममा टोखा नगरपालिकाको नगर उपप्रमुख ज्ञानमायाँ डंगोल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु र नगरका विभिन्न विभागका प्रमुख कर्मचारीहरूको उपस्थिति रहेको थियो । साथै वडा नं। ९ भित्रका उपभोक्ता समितिका प्रमुखहरू, महिला समुह, युवा समुह र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

वडा नं। ९ का वडा अध्यक्ष जोगप्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य राभक्त घिमिरेले सञ्चालन गरेका थिए । वडा सदस्य जगतमाया प्रजापतिले स्वागत मन्तव्य राखेकी थिइन ।

कार्यक्रममा वडा ९ नं। ले प्रकाशन गरेको सेवा दर्पण भन्ने पुस्तक विमोचन गरेर बाँडिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष जेपी नेपालले पुस्तक प्रकाशनबारे आफ्नो धारणा राखेका थिए । पुस्तकमा वडाको समग्र पूर्वाधार विकासका उपलब्धिहरू, विकास निर्माण देखिएका चुनौतीहरु, हाम्रा लक्ष्यहरु र अधुरा गर्न बाँकी कामहरू रहेका छन् ।

उक्त पुस्तकमा वडाबाट पाइने सेवाहरु समावेश गरिएको छ । त्यस्तै वडाको शहरि स्वास्थ्य केन्द्रबाट प्रदान गरिने निःशुल्क औषधीहरु, वडाको महिला स्वयमसेविकाहरु, कर्मचारीहरु र वडाले गरेका कामहरुको रंगिन तस्विर सहित वडाका बौद्धिक तथा सामाजिक व्यक्तिहरूको महत्वपूर्ण आलेखलाई समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले ७० देखि ७५ प्रतिशत पूर्वाधार क्षेत्रमा विकास गरेको बताउनुभयो । त्यस्तै ५ ओटा मात्र रहेको स्वास्थ्य कार्यालय सबै वडामा पु¥याउन सफल भएको बताउनुभयो । वडा भवनहरु बन्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । नगरको प्रशासकिय भवन निर्माण भएको छ । त्यस्तै नगरबासीका लागि निःशुल्क रगतको व्यवस्था गरेको जानकारी दिनुभयो । विकासका सबै सुचकहरुका कामलाई तिव्रताका साथ गरिरहेको बताउनुभयो । आगामी निर्वाचनमा पनि जनताले काम गर्ने जनप्रतिनिधिहरुलाई नै जिताउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख ज्ञानमायाँ डंगोलले नगरले गरेका राम्रा कामको प्रचार गर्न नसकेर अन्य राजनीतिक दलले नगरपालिकाको कामको विरोध गर्नुको कुनै तुक नभएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता केदारनाथ पाठकले नगरपालिकाले कामभन्दा धेरै प्रचार र हल्ला मात्र गरेको बताउनुभयो ।

कार्यक्रममा वडाभित्रका टोल विकास समिति, उपभोक्ता समिति, महिला समुह र कोरोना महामारी लगायत विभिन्न समयमा वडालाई सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरिएको थियो ।  

Must View