नागरिक पोष्ट News


तारकेश्वर शैक्षिक मञ्चको आयोजनामा काउन्सिलिङ एण्ड मोटिभेस्नल कार्यक्रम सम्पन्न

854

काठमाडौं - तारकेश्वर शैक्षिक मञ्चको आयोजनामा काउन्सिलिङ एण्ड मोटिभेस्नल कार्यक्रम सम्पन्न भएको छ । एसईई परिक्षा दिनका लागि तयार भएर बसेका विद्यार्थीहरुका लागि विज्ञ ल्याएर काउन्सिलिङ तथा मोटिभेस्नल कार्यक्रम गरेको तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष शिवहरि लामिछानेले बताउनुभयो ।

आजको काउन्सिलिङ तथा मोटिभेस्नल कार्यक्रममा विज्ञ प्रितम पौडयालले विद्यार्थीहरुलाई एसईई परिक्षामा उत्कृष्ट ग्रेड ल्याउनका लागि आवश्यक टिप्स र एसईईका लागि तयार रहन ध्यान दिनुपर्ने कुरामा करिव ३ घण्टा केन्द्रीत गर्नुभएकोे थियो । कार्यक्रममा अतिथिको रूपमा आएका नगर शिक्षा अधिकारी होमनाथ न्यौपानले विद्यार्थीहरुलाई आउँदो एसईई परिक्षामा उत्कृष्ट ग्रेड ल्याउने गरी तयार रहन निर्देशन दिनुभयो ।

कार्यक्रमका सभापति शिवहरि लामिछानेले अभिमुखिकरण कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन तारकेश्वर प्यावसनका सचिव तथा स्प्रीङ भ्याली स्कुलका प्रिन्सिपल नवराज न्यौपानेले सञ्चालन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा राधाकृष्ण अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तारकेश्वर शैक्षिक मञ्चमा २० भन्दा बढि विद्यालयका सहभागिता रहेको थियो । आजको कार्यक्रममा १३ विद्यालयका ३०० भन्दा बढि एसईई परिक्षा दिन बसेका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तारकेश्वर शैक्षिक मञ्चमा आवद्ध विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

तारकेश्वर शैक्षिक मञ्चले कोरोनाका कारण आफ्ना गतिविधीहरु गर्न पाएको थिएन । अब शैक्षिक क्रियाकलापका गतिविधीहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने शैक्षिक मञ्चको योजना रहेको छ ।

Must View